• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड भ्याक्सिन : भारतीय कम्पनीले माग्यो अग्रिम भुक्तानी, मन्त्रिपरिषद् पुग्यो फाइल

२० लाख डोज खोप किन्न ९२ करोड
64x64
कल्पना पौडेल मंगलबार, फागुन ४, २०७७  १७:०३
1140x725

काठमाडौं- माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भइसकेको छ। भारतले १० लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराएपछि सरकारले खोप अभियान सुरु गरेको हो। पहिलो चरणमा उक्त खोप ४ लाख ३० हजार नेपालीलाई लगाइने छ।

दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि सरकारले आफैं खोप खरिद गर्ने तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको भनाईलाई आधार मान्ने हो भने दोस्रो चरणको खोप फागुन महिनाभित्रमा नेपाल आइपुग्छ।

खोप खरीदका लागि भारतीय कम्पनीले अग्रिम भुक्तानीको सर्त अघि सारेपछि खरिद प्रक्रियामा असर पर्ने देखिएको छ। भारतको सेरम इन्स्टिच्युटले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ। कम्पनीले कोभिसिल्ड नामको खोप उत्पादन गरेको हो। सोही खोपको १० लाख डोज भारतले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराइसकेको हो। 

भण्डारण, ढुवानी र पहिलो चरणको प्रभावकारितालाई विश्लेषण गर्दै नेपालले कोभिसिल्ड खोप नै खरिद गर्ने निर्णय गरिसकेको तर सेरमले अग्रमि भुक्तानी माग गरेपछि यो प्रक्रियामा थप छलफल गर्नुपर्ने भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ। सेरमले अन्य देशलाई बेचिरहेको भन्दा सस्तो मूल्यमा नेपाललाई तत्कालका लागि २० लाख डोज उपलब्ध गराउने भनिएपनि भुक्तानीको विषय टुंगो लागिनसकेको मन्त्रालयको भनाइ छ। 

खोप उपलब्ध गराउने सन्दर्भमा कम्पनीले नेपाल सामु राखेको अग्रिम भुक्तानीको सर्तका कारण खोप खरिदमा ढिलाइ भइरहेको छ। सेरमले प्रति डोज ४ डलर ४ सेन्टमा २० लाख डोजमा खोप उपलब्ध गराउने बताएको थियो।

नेपालका तर्फबाट प्रतिडोज ४ डलरमा उपलब्ध गराउन पहल भएको थियो। कम्पनीले नेपालको प्रस्तावलाई स्वीकार गर्दै ४ डलरमा खोप उपलब्ध गराउन सहमत भएको छ। तर कम्पनीले खोपको रकम भने पहिले नै उपलब्ध गराउनु पर्ने सर्त राखेको हो।

कम्पनीले अग्रिम रुपमा रकम उपलब्ध गराउन भनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाएको छ।

नेपालको खरिद ऐनमा व्यवस्था भएबमोजिम नेपालले कुनै पनि खोप, औषधिजन्य सामग्री खरिद गर्दा सामान नेपाल आइपुगेपछि मात्र लागत रकम भुक्तानी गर्ने गरेको छ। नेपाल प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गर्न ८० लाख डलर (९२ करोडभन्दा बढी नेपाली रुपैयाँ) कम्पनीलाई पहिल्यै भुक्तानी गर्नुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालयले कम्पनीले राखेको सर्तअनुसार अग्रिम भुक्तानी गर्न नेपालको खरिद ऐनमा व्यवस्था नभएको भन्दै उक्त विषयमा आवश्यक निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो।

‘अग्रिम रकम भुक्तानीका लागि ऐनमा व्यवस्था नभएकाले हामीले निर्णय गर्न सक्दैनौँ। मन्त्रिपरिषद्‍मा निर्णयका लागि प्रस्ताव पठाइएको छ। खोप खरिदका लागि मन्त्रालयसँग मन्त्रिपरिषदको निर्णय कुर्नुको विकल्प छैन,’ स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, ‘कम्पनीले हामीलाई जति सस्तो मूल्यमा भ्याक्सिन दिन्छु भनेको छ, त्यो मूल्यमा खोप पाउन मुस्किल हुन्छ। त्यसकारण सरकारले यो विषयमा छिटो निर्णय गर्नुपर्ने देखिन्छ।’

भारतको उक्त कम्पनीलाई सोही खोप उपलब्ध गराउन भन्दै बंगालदेशले ३४ लाख डोजका लागि प्रतिडोज साढे ५ डलरमा अग्रिम भूक्तानी गरिसेकेको छ। सेरमले ९३ वटा देशमा खोप पुर्‍याइसकेको अवस्था छ। कम्पनीले नेपाललाई सस्तोमा भ्याक्सिन दिन तयार भएका कारण खरिदको निर्णय छिटो गर्नुपर्ने मन्त्रालयका कर्मचारीको भनाइ छ।

नेपालमा विश्व स्वास्थ्य संगठन, युनिसेफ, गाभीको अलायन्स कोभ्याक्स फ्यासिलिटीले पनि कोभिसिल्ड खोप नै उपलब्ध गराउने तय भइसकेको छ। कोभ्याक्सले नेपालमा खोप लगाइने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी ६० लाख डोज खोप निशुल्क उपलब्ध गराउने छ। कोभ्याक्सले आगामी मार्चको अन्त्यसम्ममा पहिलो चरणमा खोप उपलब्ध गराउने पत्र नेपाललाई पठाइसकेको छ।

Xtrem

Xtrem

प्रारम्भिक छलफलमा कोभ्याक्सले पहिलो चरणमा ३ प्रतिशत खोप उपलब्ध गराउने भनेपनि मार्च महिनामा कति प्रतिशत खोप उपलब्ध गराउँछ भन्ने स्पष्ट पारेको छैन।

अन्य खोप महँगो
स्वास्थ्य मन्त्रालयले सस्तो, भण्डारण गर्न उपलब्ध संरचना, सजिलै ढुवानी र वितरण गर्न सकिने भएकाले कोभिसिल्ड खोपलाई नै प्राथमिकतामा राखिए बताएको छ। औषधि व्यवस्था विभागमा हालसम्म कोभिसिल्ड मात्र आकस्मिक प्रयोगका लागि दर्ता भएको छ। 

विभागमा चिनियाँ खोप सिनोफार्म, भारतमै उत्पादन भएको कोभ्याक्सिन र रसियाली खोप स्पुतनिक-भी दर्ता प्रक्रियामा छ। स्वास्थ्य मन्त्रालय अनुसार यी खोप नेपालले खरिद गर्न सक्ने भन्दा महँगो मूल्यका छन्।

‘चिनियाँ खोप सिनोफार्म प्रतिडोजको लागत ४८ डलर पर्छ भन्ने कुरा आएको छ। ४ डलरको खोप खरिदमा त समस्या भइरहेको समयमा त्यो ४८ डलरमा कसरी किन्न सकिन्छ,’ मन्त्रालय स्रोतले भनेको छ। चीनले नेपाललाई तीन लाख डोज खोप निःशुल्क उपलब्ध गराउने बताएको छ।

चिनियाँ खोप सिनोफार्म नेपालमा हालसम्म दर्ता भइसकेको छैन। खोपको मूल्य महँगो भएका कारण नेपालमा दर्ता भएपनि खरिद गर्न समस्या पर्ने मन्त्रालयका कर्मचारी बताउँछन्।

भविष्यमा भ्याक्सिनको उत्पादन बढ्दै गएर मूल्य कम भए किन्न सकिने सम्भावना रहेपनि तत्काल कोभिसिल्ड खरिद गर्नुभन्दा अर्को विकल्प नभएको मन्त्रालयको निष्कर्ष छ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
घट्यो सुनको मूल्य सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्