• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पुँजीबजार सुधारका लागि दिइएका सुझाव कार्यान्वयन भएनन्, लगानीकर्ता फेरि आन्दोलित

प्रतिवेदन पूर्ण कार्यान्वयनको मागसहित लगानीकर्ता आमरण अनसनमा 
64x64
नेपाल लाइभ मंगलबार, फागुन ४, २०७७  १४:०७
1140x725

काठमाडौं- दुई वर्ष अघि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन भएको ‘मुद्रा तथा पुँजीबजारमा देखिएको प्रवृत्तिको अध्ययन कार्यदल’ले दिएको ५८ बुँदे सुझाव प्रतिवेदन पूर्ण कार्यान्वयनको माग राख्दै लगानीकर्ता फेरि आन्दोलित भएका छन। सुझाव प्रतिवेदनमा भएका ५८ बुँदा मध्ये १८ वटा बुँदा अझै कार्यान्वयन हुन नसकेको पुँजीबजारका लगानीकर्ताहरुको भनाइ छ। 

कार्यदलले २०७५ पुसमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्ने गरी ५८ बुँदे सुझाव सरकारलाई दिएको थियो। त्यसलाई कार्यान्वयन गर्नका लागि अर्थ मन्त्रालय तथा संघीय संसद्को अर्थ समितिले समेत नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलगायतका निकायलाई निर्देशन दिएको थियो। तर, ती निकायहरुले तत्कालै सम्बोधन गर्नुपर्ने विषयलाई पनि हालसम्म कार्यान्वयनमा ल्याउन नसकेको लगानीकर्ताहरुको आरोप छ। 

पुँजीबजार लगानीकर्ताहरुको टोलीले गत माघ ८ गते अर्थमन्त्री विष्णु पौडेललाई भेटेर यस विषयमा ध्यानाकर्षण पत्र बुझाएका थिए। अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएको १ महिना बितिसक्दा पनि ती विषयहरु कार्यान्वयनमा आउन नसकेको भन्दै आमरण अनसन सुरु गर्नुपरेको उनीहरुको भनाइ छ।

पुँजीबजार सुधारका लागि सरकारले जनाएका प्रतिवद्धताहरु पूरा हुनुपर्ने माग राख्दै आइतबारबाट नेपाल पुँजीबजार विकास अभियानका संयोजक तिलक कोइरालाले अनसन सुरु गरेका छन। 

यी हुन् ५८ बुँदे सुझाव प्रतिवेदनका कार्यान्वयन हुन नसकेको १८ बुँदाः 
-धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल सम्बन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्ने। 

-तोकिएको मापदण्ड पूरा गर्ने वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने।

-सेयर खरिद बिक्री गर्न पाउनेगरी खोलिएका वाणिज्य बैंकका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल प्राप्ति वा गाभ्ने/गाभिने व्यवस्था गर्ने।

-नेपाल राष्ट्र बैंकको समन्वयमा धितोपत्र बोर्डले भौतिक पूर्वाधार, जनशक्ति, सूचना प्रविधि र तथ्यांक व्यवस्थापनको सुचिश्चितता गरी धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कर्जा कारोबार गर्न तत्काल इजाजत दिने। साथै धितोपत्र व्यवसायीको आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

-नेप्सेमा सूचीकृत वास्तविक क्षेत्रका कम्पनीको नियमनका लागि छुट्टै नियामक निकायको व्यवस्था गर्ने। 

-नेप्से सूचकांकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन आवस्यक देखिएको सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मध्येनजर गरी बजार प्रभावित गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नेप्से सूचकांक बढ्दा र घट्दा सर्किट ब्रेक लाग्ने व्यवस्थालाई समयानुकुल बनाउनुपर्ने।

‍-नेप्सेले २०७५ कात्तिक २० गतेदेखि संचालनमा ल्याएको स्वचालित कारोबार प्रणालीलाई बैंक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रणालीमा १ महिनाभित्र पूर्ण रूपमा आवद्ध गरी संचालनमा ल्याउने। यो व्यवस्था लागू भएपछि धितोपत्र व्यवसायीले लिने सेवा शूल्कमा पुनरावलोकन गर्ने। 

-सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न वास्तविक क्षेत्रका संगठित संस्थाका संस्थापकहरुले लिएको संस्थापक सेयरको लक इन पिरियडलाई अन्य वित्तीय क्षेत्रको नियमनकारी निकायले गरेको व्यवस्थासँग सामन्जस्यता हुनेगरी पुनरावलोकन गर्ने। 

Xtrem

Xtrem

-साना चुक्ता पुँजीको आधार भएका संगठित संस्थालाई प्राइभेट प्लेसमेन्टमार्फत् शेयर निस्कासन गर्ने व्यवस्था गरी निस्कासन भएको सेयरको कारोबार ओटिसी बजारमा कारोबार हुने व्यवस्था मिलाउने। 

-धितोपत्र बजार संचालन नियमावली २०६४ बमोजिम हुने नेप्सेमा रहेको नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सेयर बिक्री गरी नेप्सेको पुनर्संरचना गर्ने। 

-सेयर बजारलाई स्थायित्व दिन दोस्रो बजारमा हुने कारोबारको उतार-चढावलाई न्यूनीकरण तथा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न दीर्घकालीन रूपमा सेयर धारण गरी बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरमा सहुलियत दिने। 

-पुँजी बजारको दीर्घकालीन विकासका लागि नियमनकारी निकायहरुबीच देखिएका विद्यमान समस्याहरु यथाशीघ्र समाधान गर्ने। 

-पुँजीबजार सम्बन्धी नीति निर्माणमा सहयोग गर्नुका साथै सेयर बजारमा हुनसक्ने उतार-चढावलाई नियमित रूपमा अनुगमन गरी सेयर मूल्य सम्बन्धी यथार्थ जानकारी नियमित रूपमा सार्वजनिक गर्न धितोपत्र बोर्डले यस क्षेत्रका विज्ञहरु सम्मिलिति स्थायी संयन्त्र बनाउने। 

-बजार निर्माताको काम गर्ने नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई तत्काल संस्थागत गरी पुँजीबजारमा हस्तक्षेप गर्न लगाउने। 

-सम्झौतित बचत संस्थाहरु जस्तैः कर्मचारी संचयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष एवं बीमा कम्पनीहरुले आफ्नो पोर्टफोलियोको निश्चित प्रतिशत धितोपत्रमा लगानी गर्ने व्यवस्था मिलाउने।

-कर्मचारी संचयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीलाई बजार निर्माता/व्यापारीको रूपमासमेत कार्य गर्न अनुमति दिने। 

-सेयर बजारमा हुने कारोबारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएसएल, डिम्याटको सेवा दिने मर्चेन्ट बैंकहरुसँग नेप्सेको नट्स प्रणालीमा पूर्ण रूपमा आवद्ध गरी हाल रहेको टी प्लस थ्री राफसाफ चक्रलाई टी प्लस वानमा ल्याउने। 

-गैरआवासीय नेपालीलाई सेयर बजारमा कम्तीमा तीन वर्षको लक इन पिरियडको शर्तमा लगानी खुला गर्ने। साथै विदेशी संस्थागत लगानीकर्तालाई समेत निश्चित शर्तको अधिनमा रही यस्तो लगानी खुला गर्ने। यस्तो लगानीमा प्राप्त हुने लाभांश रकम नियमित रूपमा आफूले लगानी ल्याएको विदेशी मुद्रामा सहटी गरी विदेश लैजान पाउने नीतिगत व्यवस्था गर्ने।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्