काठमाडौं- प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी)को रुपमा आफ्नो स्वतन्त्र राय राख्नेक्रम सुरु भएको छ। संवैधानिक इजलाशमा चलिरहेको सुनुवाइमा नेपाल बार एशोसियसनका तर्फबाट बरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले पहिलो राय इजलाशलाई दिँदै छन्।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो। विघटन विरुद्धमा सर्वोच्चमा १३ थान निवेदन रहेका छन्। उक्त निवेदनहरुमा माघ ४ गतेदेखि हेर्दा हेर्दा सुनुवाई चलिरहेको छ।
गैर संवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै नेकपाका नेता देव गुरुङसहितको निवेदनमा करिव एक महिनादेखि बहस भइरहेको छ। पक्ष र विपक्षको बहसपछि अदालती सहयोगीहरुले इजलाशलाई स्वतन्त्र धारणा दिन लागेका हुन्। उनीहरुको बहसपछि अदालतले फैसला सुनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।