फाइल तस्बिर।
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले फागुन ५ देखि १५ सम्मका लागि चौंथो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् केन्द्रीय संघर्ष समितिले आन्दोलनको नयाँ चरण घोषणा गरेको हो।
केन्द्रीय संघर्ष समितिको आइतबार बसेको बैठकले तय गरेका आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन ६ गते टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा विरोध प्रदर्शन गरिनेछ। ५ गतेदेखि १२ गतेसम्म सबै जिल्ला विरोध प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ।
यस्ता छन् विरोधका कार्यक्रम :
फागुन ५ गते देखि १२ सम्म सबै जिल्लामा विरोध प्रर्दशन गरिने।
फागुन ६ मा टुँडिखेल वरपर मानव साङ्लो निर्माण गरी १ घन्टा विरोध प्रर्दशन गरिने।
फागुन ७ गते वडास्तरमा विरोध प्रर्दशन गरिने।
फागुन ७ गते देखि १५ सम्म सार्वजनिक स्थलमा प्रतिगमनविरुद्ध हस्ताक्षर संकलन गरिने। उक्त कार्य सबै वडास्तरसम्म हुने।
फागुन ८ गते बृहत् अन्तक्रिया गरिने।
फागुन ९ मा महिला हिंसाविरुद्ध महिला नै सहभागी भएर विरोध गरिने। उपत्यकाबाहिर पनि प्रर्दशन गरिने।
फागुन १० मा दलित मोर्चाले विरोध गर्ने।
फागुन ११ मा मधेशी,आदिवासी,जनजातिले सांस्कृतिक झाँकीसहित विरोध गर्ने।
फागुन १२ मा चितवनमा र २१ गते दाङमा ठूलो सभा गर्ने। अध्यक्षद्वयले सम्बोधन गर्ने।
फागुन १४ मा युवाको बृहत् विरोध र्याली निकाल्ने।
फागुन १५ गते किसान महासंघको नेतृत्वमा विरोध गरिने।
जनकपुर र नेपालगन्जमा पनि सभा गरिने भएपनि दिन पछि तोकिने बताइएको छ।

.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।