काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार नेकपाको कि केपी शर्मा ओलीको भन्दै प्रश्न गरेका छन्। रिटकर्ताको तर्फबाट जवाफ दिएका अधिवक्ता दिनमणि पोखरेलले सरकार नेकपाको भएको उत्तर फर्काएका छन्।
रिटकर्ताको तर्फबाट जवाफ दिने क्रम आइतबारबाट सुरु भएको छ। जवाफका लागि प्रारम्भमा अधिवक्ता दिनमणि पोखरेलले समय लिएका छन्। विघटनको अधिकार प्रधानमन्त्रीलाई उनले नभएको इजलासमा बताए।
सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट परेका थिए। रिटकर्ताको पक्ष, प्रधानमन्त्री र सभामुखका वकिलहरुको बहस सकिएपछि आइतबारबाट रिटकर्ताको पक्षका वकिलले जवाफ दिन सुरु गरेका छन्।
अलिखित संविधान भएको देशमा समेत प्रधानमन्त्रीलाई परमाधिकार नभएको पोखरेलले बताए। पोखरेलले प्रधानमन्त्रीले भाषणमा बोलिरहेका कुरा उठाएपछि न्यायाधीश अनिलकुमार सिन्हाले भाषणतिर नगई बहसमा केन्द्रित हुन सुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।