तस्बिर : विष्णु रिजालको फेसबुकबाट।
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनाल आज दिल्ली प्रस्थान गरेका छन्।
उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली प्रस्थान गरेका नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए। उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन्।
खनालको नयाँ दिल्लीस्थित् अपोलो अस्पतालमा उपचार हुनेछ। उपचारको अवस्था हेरेर उनी तीन/चार दिनमा फर्कनेछन्।
दिल्ली रहँदा खनालले राजनीतिक भेटघाट गर्ने/नगर्नेबारे खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।