काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सूचीकृत भएको छ। बैंकको २० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो।
कम्पनीले केही दिनअघि ८ करोड कित्ता सेयर सर्वसाधारणलाई दिएको थियो। त्यस अतिरिक्त संस्थापकहरूको १२ करोड कित्ता गरी कूल २० करोड कित्ता सेयर दोस्रो बजार कारोबारका लागि सूचीकृत भएको हो।
सूचीकरण सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।