काठमाडौं- प्रहरी नियन्त्रणमा रहेकी प्रचण्ड–माधव नेकपाकी नेता रामकुमाारी झाँक्रीको रिहाइको माग गर्दै भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा फोटो पत्रकार कविन अधिकारीको खुट्टा भाँचिएको छ।
प्रदर्शनको क्रममा कान्तिपुर पब्लिकेसनका फोटो पत्रकार अधिकारीको खुट्टा भाँच्चिएको हो। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। नयाँ बानेश्वरमा प्रहरीसँग भएको झडपमा प्रचण्ड-माधव नेकपाका ८ कार्यकर्ता घाइते भएका छन्। घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको छ।

माइतीघरबाट सुरु भई नाराबाजीसहित नयाँ बानेश्वर पुगेको जुलुस कारगेडमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभा सकिएपछि झडप भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाविरुद्ध चर्का नाराबाजी गर्दै अनेरास्ववियूका नेता/कार्यकर्ता बानेश्वर पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दिएको अभिव्यक्तिका कारण प्रहरीले झाँक्रीलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।