• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मित्सुबिसीका २६ हाइब्रिड कार कानुनविपरीत जाँचपास गराउन सर्वोच्चको आदेश

सविन मिश्र/शिव बोहरा शुक्रबार, माघ ३०, २०७७  ०७:०४
1140x725

काठमाडौं- भन्सार ऐन २०६४ र प्रचलित व्यवस्थाविरुद्ध हुने गरी नेपाल भित्र्याउन लागिएका मित्सुबिसीका २६ वटा प्लग-इन हाइब्रिड कार जाँचपास गराउन भैरहवा भन्सार कार्यालयको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भन्सार ऐनको व्यवस्था तथा भन्सारका प्रचलित काम कारबाही विपरीत हुने गरी ती हाइब्रिड कार छुटाउन आदेश दिएको हो।

जापानी ब्रान्ड मित्सुबिसीको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर्सले २०७७ साउनमा नेपाल आइपुगेका ती कार आर्थिक ऐन २०७६ को व्यवस्थाअनुसार नै जाँचपास गराउन मागदाबी गर्दै रिट दायर गरेको थियो। २०७७ जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटसँगै ल्याएको आर्थिक ऐन २०७७ कार्यान्वयनमा आइसकेको अवस्थामा कम्पनीले पुरानो कानुनी व्यवस्थाअनुसार गाडी छुटाउन निवेदन दिएको थियो। 

लियोन मोटर्सले २६ वटा गाडी भित्र्याउन २०७६ फागुनमा प्रतीतपत्र (एलसी) खोलेको थियो। तीमध्ये १६ वटा गाडी २०७६ चैतमा कलकत्ता बन्दरगाहमा आइपुगेको र नेपाल तथा भारतमा कोभिड-१९ को संक्रमण फैलिन नदिन लकडाउन गर्दा नेपाल ल्याउन नसकेका कारण आर्थिक ऐन २०७७ आउनुअघि भन्सारबाट छुटाउन नसकेको र पुरानो सुविधा नपाएको भन्दै रिट हालेको थियो।

भैरहवा भन्सार कार्यालयका अनुसार साउनमा नेपाल आइपुगेका गाडी छुटाउन कम्पनीले अहिलेसम्म आधिकारिक कागजात भन्सारमा बुझाएको छैन। कम्पनीले लकडाउनका कारण गाडी समयमै ल्याउन नसकेको भन्दै पुरानो आर्थिक ऐनको सुविधा माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो। भन्सारले आर्थिक ऐन २०७७ मार्फत् छुट सुविधा खारेज भइसकेको र साउनमा आएका गाडीको जाँचपासमा पुरानो सुविधा दिन नसकिने जानकारी गराएपछि कम्पनी सर्वोच्च पुगेको हो। 

लियोन मोटर्सको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले नयाँ कर कानुनको हेक्का नगरी तथा यसअघि प्रचलनमा रहेको व्यवस्था र भन्सार ऐनको दफा ८ को व्यवस्थाविपरीत हुने गरी जाँचपास गराउन अन्तरिम आदेश दिएको हो।

आर्थिक ऐन २०७६ ले हाइब्रिड कारमा लाग्ने भन्सार महसुल र अन्त:शुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो। तर, सोही वर्षको मंसिरमा यो व्यवस्था परिमार्जन गर्दै सरकारले अन्त:शुल्क छुट सुविधा खारेज गर्‍यो। आर्थिक ऐन २०७७ मार्फत् हाइब्रिड गाडीमा दिइएका ती दुवै सुविधा खारेज गरिएको छ। 

‘सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश नै अप्राकृतिक छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘भन्सार ऐनमा नै जुन दिन जाँचपास हुने हो, त्यही दिनको कानुनी व्यवस्थाअनुसार जाँचपास गर्नुपर्ने भनेको छ। यस्तो अवस्थामा पुरानो कानुनअनुसार गाडी जाँचपास गराऊ भन्ने आदेश बदरभागी छ,’ अर्थका ती अधिकारीले भने, ‘प्रचलित कानुन र व्यवस्थासमेत नबुझी आदेश भएको छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी एलसी खोलिएकै मितिलाई आधार मानेर सुविधा दिने हो भने आर्थिक ऐन आउनुअघि आयातको प्रक्रिया थालिएका सम्पूर्ण वस्तुलाई पुरानो करको दरअनुसार जाँचपास गराउनुपर्ने हुन्छ। अदालतको यस्तो आदेशले कतिपय वस्तुको आयात नियन्त्रण तथा नियमनका लागि परिमार्जन गरेका करको दर कार्यान्वयनमा गम्भीर अवरोध सिर्जना हुने भन्सारको बुझाइ छ।

सर्वोच्चको अन्तरिम आदेशविरुद्धमा भैरहवा भन्सार कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत् सर्वोच्चमा भ्याकेट दर्ता गराइसकेको छ। बाँकी विपक्षीहरू भन्सार विभाग र अर्थ मन्त्रालयले पनि भ्याकेट दर्ता गराइसकेका छन्।

मित्सुबिसी आउटलेन्डर प्लग-इन हाइब्रिड कारको मूल्य करिब ३५ हजार अमेरिकी डलर पर्छ। कम्पनीले अहिले जाँचपास गर्दा ८० प्रतिशत भन्सार, ६० प्रतिशत अन्त:शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १० प्रतिशत सडक मर्मत दस्तुर तिर्नुपर्छ। लियोन मोटर्सले दाबी गरेअनुसार जाँचपास गर्ने हो भने सरकारले ४० प्रतिशत भन्सार महसुल लिएर मित्सुबिसीका २६ कार जाँचपास गराउनुपर्छ। 

आर्थिक ऐन २०७७ को व्यवस्थाअनुसार प्रतिकार १ करोड ३ लाख रूपैयाँ कर तिरेर जाँचपास गराउनुपर्छ। यसो गर्दा कम्पनीले २६ वटा कारको करिब २७ करोड रूपैयाँ कर तिर्नुपर्छ।

Xtrem

Xtrem

लियोन मोटर्सले दाबी गरेअनुसार जाँचपास गर्ने हो भने भन्सार महसुलमा ५० प्रतिशत छुट पाउँछ। यसरी भन्सार जाँचपास गर्दा कम्पनीले प्रतिकार ७१ लाख रूपैयाँ मात्रै कर तिरे पुग्छ। यसो गर्दा सरकारलाई प्रतिकार कम्तीमा ३२ लाख रूपैयाँ नोक्सानी पुग्छ। सरकारले अदालतको आदेशअनुसार जाँचपास गर्ने हो भने साढे ८ करोड रूपैयाँ राजस्व गुमाउँछ।

२०७६ को आर्थिक ऐनमा सरकारले वातावरणमैत्री हाइब्रिड कारलाई प्राथमिकता दिन नीति लिँदै करछुट दिने व्यवस्था गरेको थियो। यसको दुरूपयोग गर्दै टोयोटादेखि सुजुकीसम्मका हाइब्रिड कार नेपाल भित्रिएका थिए।

२०७६ को आर्थिक ऐनमा सरकारले वातावरणमैत्री हाइब्रिड कारलाई प्राथमिकता दिन नीति लिँदै करछुट दिने व्यवस्था गरेको थियो। यसको दुरूपयोग गर्दै टोयोटादेखि सुजुकीसम्मका हाइब्रिड कार नेपाल भित्रिएका थिए। भैरहवाबाटै नेपाल भित्र्याइएको सुजुकीको ५ वटा कार हाइब्रिड नभएको ठहर भएपछि भन्सार कार्यालयले पूरा कर लिएको थियो। यसविरुद्ध सर्वोच्च अदालत पुगेको सिजीको पक्षमा फैसला भएन।

सर्वोच्चको यो आदेशअनुसार छुट दिने हो भने बजेट आउनुअघि एलसी खोलिएका सम्पूर्ण वस्तुको जाँचपास पुरानो करको दरअनुसार गर्नुपर्छ। तर, भन्सार ऐनको दफा ८ मा ‘निकासी वा पैठारी हुने मालवस्तुको महसुल सो मालवस्तु भन्सार कार्यालयबाट जाँचपास गर्ने मितिमा कायम भएको दरअनुसार हुनुपर्ने' उल्लेख छ। यसअनुसार मित्सुबिसीका कार पनि जुन दिन जाँचपास हुन्छ, त्यही दिन कायम भएको भन्सार दरअनुसार छुट्नुपर्नेमा अदालतले ऐनको व्यवस्था नै नहेरी पुरानै व्यवस्था अनुसार कर तिरेर गाडी छुटाउन आदेश गरेको हो। 

कम्पनीले पुरानो करको दरअनुसार छुटाउन आफू तयार रहेको निवेदनमै उल्लेख गरेको भएपनि अदालतले भने २०७६ को आर्थिक ऐनअनुसार धरौटी लिई छुट सुविधा दिन र जाँचपास गर्नसमेत भनेको छ। भन्सार विभाग र अर्थ मन्त्रालयका अधिकारीहरूले सर्वोच्चको आदेश नै विरोधाभासपूर्ण रहेको बताएका छन्। 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्