काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।विराटनगरमा भएको कांग्रेसको सभामा बोल्दै नेता थापाले सनकको भरमा संविधान मिचिएको उल्लेख गर्दै भने, ‘सनकको शिकार भइसक्यौं।संविधानलाई बचाउन सकिएन भने सेटिङको शिकार हुन सकिन्छ।’
आफूलाई अनुकल भएका बेला प्रधानमन्त्रीले नेपालको संविधान देखाउने गरेको बताउँदै थापाले भने, ‘आफूलाई नमिलेको बेला भारत र बेलायतको संविधान देखाउने गरिएको छ।’
वैशाखमा निर्वाचन हुनै नसक्ने दाबी गर्दै थापाले संसद पुनर्स्थापना पहिले गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए। राष्ट्रपति कार्यकारी पद नभएको उल्लेख गर्दै थापाले भने, ‘गोविन्द केसी अनसन बस्दै गर्दा पुगेको अध्यादेशलाई स्विकृति गर्दिनँ भन्नुभयो। प्रधानमन्त्रीले गरेको जुनसुकै सिफारिसलाई अनुमोदन गरिदिनुहुन्छ।’
प्रधानमन्त्री ओलीले किर्ते कार्य गरेको पनि थापाको आरोप छ। कांग्रेस बोलेर अदालत प्रभावित हुने हो भने पार्टी बोलिसकेको उनले बताए। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिसकेपछि कांग्रेसले भन्न बाँकी नरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।