काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन्।
संचालक समितिको मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो।
संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ। संचालक समितिले उनको नियुक्तिसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको छ।
तीन वर्ष पाँच महिनादेखि नेपाल लाइफसँग आवद्ध प्रसाईंले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। उनले यसअघि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।