काठमाडौं- लक्ष्मी बैंकले आयोजना गरेको 'माई मोबाइल मनी'अन्तर्गत भिडियो प्रतियोगिताका विजेता ६ जनाले जनही ५० हजारका दरले पुरस्कार प्राप्त गरेका छन्। बुधबार घोषणा भएको नतिजा अनुसार विभिन्न ५ शीर्षकमा ६ जनाले ५०-५० हजार राशिको पुरस्कार जितेका हुन्।
बिल भुक्तानीतर्फ विराटनगरका लकेश दंगाल र भक्तपुरका मन्दिप बखुन्छे विजयी भए भने बिल भुक्तानीमा पोखराका विकास त्रिपाठी विजयी भए। यस्तै कार्ड सेवातर्फ काठमाडौंका सन्तोष शाक्य विजयी हुँदा कार्डरहित नगद निष्काशनमा भरतपुरका भुवन तिवारी विजयी भएका छन्। नगद ट्रान्सफर तर्कको पुरस्कार भने मुस्ताङका छेवाङ गुरुङलाई प्रदान गरिएको छ।
प्रतियोगितामा ५ वटा विभिन्न शीर्षकमा ३ मिनटसम्मको १-१ वटा भिडियो पठाउन सक्ने नियम थियो। विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता रहेको प्रतियोगिताको 'बिल भुक्तानी'मा भने २ भिडियोबीच बराबर भई २ वटै भिडियो विजेता घोषणा भएको बैंकले जानकारी दिएको छ। रचनात्मक्ता तथा कथावस्तु, कार्यान्वयन, र प्रासङ्गिकताका आधारमा विजयी भिडियोको निर्णय लिइएको बैंकको भनाइ छ।
बैंकले सो प्रतियोगिताका विजेताहरुलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिता लिएर आउने उल्लेख गरेको छ।
'माई मोबाइल मनी' लक्ष्मी बैंकको दोस्रो क्राउड सोर्सिङ प्रतियोगिता हो। यसअघि बैंकले 'माई कार्ड आइडिया' प्रतियोगिता संचालन गरेको थियो।
को-को भए विजयी (भिडियोमा हेर्नुहोस्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।