काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बहालवाला २ जना मन्त्रीले आफ्नो पक्षमा आउने तयारी गरेको बताए।
राजधानीको भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले प्रधामन्त्री केपी ओलीले बनाएका २ जना मन्त्री फर्किने विषयमा वार्ता भइरहेको बताए।
‘केपी ओली पक्षबाट फर्किनेको लामै लिस्ट छ। अरु त अरु उहाँले बनाएका २ जना मन्त्री फर्किनका लागि मसँग वार्ता गर्दैछन्‚’ प्रचण्डले भने, ‘केपीजी तपाईं भ्रममा कति दिन बाँच्ने हो? सक्नुहुन्छ भने तपाईंलाई सल्लाह दिन चाहन्छु- तपाईंले साह्रै ठूलो अपराध गर्नुभयो। यो राष्ट्र र जनताका विरुद्ध। अझैपनि अलिकति ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनुस् र पश्चातापको वक्तव्य निकाल्नुस्। तपाईंलाई नेपाली जनताले अलिकति ठाउँ दिन सक्छन्।’
तर, ओली त्यसो नगरेर अझै मूर्खता गर्ने तयारीमा रहेको प्रचण्डले बताए। ‘तपाईं अझै मूर्खता गर्नेमा हुनुहुन्छ भन्ने मलाई थाहा छ। तपाई अझै निरंकुशतामा जानेमा हुनुहुन्छ मलाई थाहा छ। त्यसले कहिँ पुर्याउँदैन,’ प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।