काठमाडौं- निर्देशक दीपक श्रेष्ठले बनाउन लागेको फिल्म 'घिन्ताङ'मा कलाकारको 'खडेरी' परेको छ। नायिका एलिजा गौतमले समेत साथ छोडेपछि कलाकारको खडेरी परेको हो।
केही समयअघि बाल कलाकारको खोजी गरिरहेको घिन्ताङ टोलीले अब नायिका पनि खोज्नुपर्ने भएको छ।
लामो समयपछि फिल्ममा फर्कन लागेका निर्देशक दीपकले आफ्नै लगानीमा फ्लप फिल्म दिएकी नायिकालाई रोेजेका थिए। तर उनले समेत साथ छाड्दा फेरि नायिकाको खोजीमा श्रेष्ठ निस्कनुपरेको छ।
निर्देशक श्रेष्ठले बनाएका पापी मान्छे, हिम्मतलगायतका फिल्म दर्शकले मन पराएका थिए। चलचित्रमा एलिजासँगै गौरव पहारीलाई साइन गराइएकोमा एलिजा बाहिरिएकी हुन्।
योसँगै फागुनको पहिलो साताबाटै छायांकनमा जाने योजना बनाएको टोली फेरि पछाडि परेको छ। एलिजाले फिल्म छाड्नुको कारण भने आफ्ना बाबु बिरामी परेकाले समय दिन नसक्ने बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।