काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ।
जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो। जोर्डनमा रहेका नेपालीहरूले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरूबाट नेपालमा रकम पठाउन सक्नेछन्।
अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।