काठमाडौं- सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐६ (ग्रान्डी अस्पताल नजिकै) मा, बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे।
उद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन आग्रह गरे।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटिएम संचालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।