काठमाडौं- एनएमबी बैंकले ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल परिसरमा विस्तारित बैंकिङ सेवा सुरु गरेको छ। मंगलबार बैंकको विस्तारित सेवाका साथै एटिएम सेवा समेत सुरु गरिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनील केसी र बी एन्ड बी बोर्डका डा सरोज वैद्यले संयुक्त रूपमा बैंकको विस्तारित सेवा सुरु गरेका हुन्।
कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै बी एन्ड बीका तर्फबाट डा रिना वैद्य, विवेक श्रेष्ठ, चेतना बाँस्कोटालगायत उपस्थित थिए।
एनएमबी बैंकले देशभर १८० शाखा, १३६ एटिएम, ९ एक्सटेन्सन काउन्टर संचालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।