काठमाडौं- सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ३० गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।
सोनाम र ग्याल्पो ल्होसारका अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।