फाइल तस्बिर
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
निर्वाचन तयारीको अवस्था बुझ्न निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली आयोगबाट बालुवाटार नफर्की सिधै राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए।
दुई चरणमा मतदान हुने गरी सरकारले सोमबार प्रदेश छुट्याएको छ। निर्वाचनका लागि सरकारले गरेका निर्णय जानकारी गराउन प्रधानमन्त्री शितलनिवास पुगेको बताइएको छ।
४ वटा प्रदेशका ४० जिल्लामा वैशाख १७ गते र बाँकी ३ वटा प्रदेशका ३७ जिल्लामा वैशाख २७ मा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।