काठमाडौं- नेकपा (प्रचण्ड–माधव पक्ष) ले बुधबार गर्ने सभाको पूर्वतयारीमा स्वयंसेवकले मार्चपास गरेका छन्।
प्रतिनिधि सभा विघटन विरुद्धको विरोध प्रर्दशन र सभा हालसम्मकै बृहत् हुने दाबी गरिएको छ। बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका छन्।
प्रर्दशनीमार्गस्थित् वाल्मिकी क्याम्पसबाट सुरु हुने स्वयंसेवकको प्रदर्शन पुतलीसडक बागबजार- पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकीमै आएर सकिने भएको छ।
माघ ९ को सभामा दुई हजार स्वयंसेवक खटाइएको थियो। बुधबारको लागि स्वयंसेवक थपिएको बताइएको छ। प्रर्दशनीमार्गमा हुने सभाका लागि काठमाडौंका पाँच स्थानबाट जुलुस निकालिने प्रचण्ड-माधव पक्षले जनाएको छ। जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ।
तस्बिरहरू :






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।