काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ। बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्नेछ।
बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भोलि काठमाडौंमा गरिने सभाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भएको छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।
नेकपाभित्रको तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चार/चार जना छन्। सचिवालय सदस्य वामदेव गौतम भने दुवै समूहमा नलागेर ‘पार्टी एकता राष्ट्रिय अभियान’मा लागेका छन्।
प्रचण्ड–माधव पक्षले यसअघि पुस १४ र माघ ९ गते काठमाडौंमा विरोध सभा एवं प्रदर्शन गरेको थियो। भोलिको सभालाई ‘अहिलेसम्मकै विशाल’ बनाउने प्रचण्ड–माधव पक्षको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।