काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। उनी बिहान ११ः५० बजे आयोग पुगेका हुन्।
उनीभन्दा पहिले ओली पक्षको नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ आयोग पुगेका थिए। उनीहरू पुगेको एक घण्टापछि ओली आयोग पुगेका हुन्।
प्रधानमन्त्री ओलीले निर्वाचन तयारीका सम्बन्धमा आयोगसँग छलफल गर्ने बताइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने जिल्ला टुंग्याएको भोलिपल्ट प्रधानमन्त्री ओली आयोग पुगेका हुन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश २ का ८, गण्डकीका ११, लुम्बिनीका १२ र कर्णालीका १० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो।
दोस्रो चरण अर्थात् वैशाख २७ मा तीन प्रदेशका ३६ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय छ। प्रदेश १ का १४, बागमतीका १३ र सुदूरपश्चिमका ९ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।