काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायममुकायम प्रमुख कार्यकारी निर्देशक रहेका शाक्यलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा उनलाई कार्यकारी निर्देशक नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए।
यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको थियो।
त्यसको केही समयपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।