काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षले बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हुने जुलुस नेतृत्वकर्ताको टुंगो लगाएको छ। उपत्यकाका विभिन्न स्थानबाट निस्कने जुलुसको नेतृत्वकर्ता र रुट तय भएको नेकपा केन्द्रीय संघर्ष समितिले जानकारी दिएको छ।
उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निस्कने र प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ।
मूल जुलुस सुन्धारा, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोडबाट प्रदर्शनी मार्गमा प्रवेश हुने तय गरिएको संघर्ष समितिले जानकारी दिएको छ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले भने निरन्तर रूपमा विरोध गर्दै आएको छ।
प्रतिनिधि सभा विघटनका विरुद्धमा दायर भएका १३ थान मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।