• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा विघटन : इजलासले समय तोक्यो, सरकार पक्षले सुन्दै सुनेन!

इजलासमा सरकारको 'अति प्रशंसा'
64x64
दुर्गा दुलाल सोमबार, माघ २६, २०७७  २०:३२
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा सोमबार वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता सुशील पन्तदेखि शान्ति खनालसम्मले सरकारको प्रतिरक्षामा बहस गरे। संवैधानिक इजलासमा बहस गर्न पुगेका सरकारी पक्षका वकिलले संविधानमा नलेखिएपनि प्रधानमन्त्रीमा विघटनको अधिकार निहित हुने जिकिर पेस गरे। यो सरकारी पक्षको नयाँ दाबी भने होइन।  

वरिष्ठ अधिवक्ता पन्तले संसदीय अभ्यास र प्रधानमन्त्रीमा निहित अधिकार हुने भन्दै झन्डै २ दिन लगाएर बहस गरे। उनले राष्ट्रिय/अन्तराष्ट्रिय अभ्यासदेखि संसदीय अभ्यासको जननी बेलायतका अभ्याससम्मका उदाहारण पेस गर्दै विघटनलाई सर्वोच्चले सदर गर्नुपर्ने भन्दै पक्षमा बहस गरे। 

संविधानको धारा ७४ मा संसदीय व्यवस्था स्वीकार गरेकाले प्रधानमन्त्रीमा नलेखिएपछि विघटन गर्न सक्ने अधिकार हुने जिकिर उनको थियो। शासकीय स्वरूप निर्धारण गर्दा संसदीय अभ्यास भनेर लेखिएकाले संविधानको धारा ७६ को उपधारा (७) र धारा ८५ लाई टेकेर प्रतिनिधि सभा विघटन गर्न सक्ने उनको जिकिर छ। 

अधिवक्ता ईश्वर भट्टराईसहित सोमबार बहस गरेका अधिकांश अधिवक्ताहरूले समयको पालना गरेनन्। 

पन्तपछि बहसका लागि आएका अधिवक्ता रमेश बडालले पनि उही तर्क दोहोर्‍याए। पहिलो संविधान सभा र दोस्रो संविधान सभाको शासकीय स्वरूपको छलफलका क्रममा भएका दस्तावेजसहित बहस गरेका उनले संविधानमा प्रधानमन्त्रीले विघटन गर्न नसक्ने भनी नलेखिएकाले विघटन गर्नु संविधानसम्मत भएको उनको भनाइ छ। 

इजलासमा उनले २०५२ सालमा बहुमत पार्टी विघटनविरुद्ध अदालत पुगेको दाबी गरेका थिए। तर अहिले विघटनविरुद्ध नेकपाका केही नेताहरू मात्र आएको उनको दाबी छ। 

सरकारी पक्षको बहस सुनेको इजलासले उनीहरूसमक्ष पटकपटक लिखित संविधान भएका देशमा प्रधानमन्त्रीले विघटन गरेको उदाहरण ल्याउन आग्रह गरिरहे। तर अधिवक्ताहरू बेलायतको अभ्यास भन्दै उदाहरण दिइरहे। उनीहरूले बहसका क्रममा नेपालको संविधानको धारा ७४ को संसदीय अभ्यास भन्दै धारा ७६ को उपधारा (७)ले विघटन गर्न पाउने जिकीर गरे।

सरकारी पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीको एउटै जिकिर दोहोरिएको दोहोरिएकै गरेपछि न्यायाधीश सपना प्रधान मल्लले अघिल्लो पटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोधेको प्रश्न फेरि दोहोर्‍याएकी थिइन्। ‘यसअघि प्रधान न्यायाधीशले सोधिसक्नु भएको छ मैले फेरि प्रश्न दोहोर्‍याएँ। बहसका क्रममा तपाईंहरूले विभिन्न देशको उदाहारण त दिनु भयो। तर लिखित संविधान भएका कुन-कुन देशमा यसरी संविधानमा नलेखिएपनि प्रधानमन्त्रीले विघटन गरेका छन्?’ मल्ले प्रश्न गरिन्, ‘बहसका क्रममा यसको उत्तर दिएर हामीलाई सहयोग गरिदिनुस्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

इजलासले समय तोक्यो, वकिलले सुनेनन्
सोमबार बहस सुरु हुनुअघि नै इजलासले १५ मिनेट मात्र  बहसका लागि समय उपलब्ध गराइने जानकारी गराएको थियो। अधिवक्ता ईश्वर भट्टराईसहित सोमबार बहस गरेका अधिकांश अधिवक्ताहरूले समयको पालना गरेनन्। 

प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै भट्टराईले २ वर्षपछि त्यसैपनि निर्वाचनमा जानुपर्ने भएकाले अहिले देशले खर्च धान्न सक्दैन भनी तर्क गर्न उपयुक्त नभएको बताए। प्रतिनिधि सभा विघटन र निर्वाचन राजनीतिक प्रश्न भएको व्याख्या २०५२ सालको फैसलामा उल्लेख भएको उनको जिकीर थियो। 

प्रधानमन्त्रीलाई विघटनको अधिकार भएको र संविधानको धारा ८५ र धारा ७६ को उपधारा (७)ले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिने जिकीर उनको छ। राजनीतिक दलसम्बन्धी ऐनअनुसार पनि ओली बहुमतको नेतृत्व गरिरहेको दाबी गरे। उनले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव पनि नआएको र संसदीय दलको नेताबाट पनि नहटाएकोले विघटन सदर हुनुपर्ने जिकिर गरे। 

भट्टराईको बहसका क्रममा न्यायाधीश अनीलकुमार सिन्हाले एकैपटक चार प्रश्न गरे- अविश्वासको मत पढ्नु भो त्यसअघि विश्वासको मत लिनुपर्ने व्यवस्था पनि छ नि? मेरो दलको मानिसमा अनुशासन छैन भने कारवाही गर्नुपर्ने हैन र? सहयोग भयो वा भएन भन्ने विश्वासको मत लिनु पर्ने कि पर्दैन? यो संसदको नभई दलको विवाद भन्नुभयो। पार्टीको समस्या हो भने अनुशासनमा राख्न कारबाही हुनुपर्ने होइन र?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानन्यायाधीश राणाले पनि अधिवक्ताको बहस रोक्नुपर्ने अवस्था आएको थियो।

न्यायाधीशको प्रश्नमा उनले सांसदलाई दलले कारबाही गर्दा उसको सांसद पद नजाने भएकाले कारबाही गर्न नसक्ने भएकाले प्रधानमन्त्रीले विघटन गर्नुपरेको दाबी गरेका थिए। दल विभाजन नभई संसदीय दलको नेता चयन हुन नसक्ने उनको जिकीर थियो। अहिले नेकपा विभाजन पनि नभएको र संसदीय दलको नेतापछि ओली नै भएकाले उनले बहुमतले विघटन गरेको दाबी गरे। 

बहस सुनिरहेका न्यायाधीश तेजबहादुर केसीले प्रश्न गरे- संसदीय दलको नेता अर्को चयन हुन नसक्ने त हैन नि? उनले यसको जवाफमा हुनसक्ने तर अहिले नभएको जवाफ दिए। उनले निर्धारितभन्दा धेरै समय लिएका थिए। 

प्रधानन्यायाधीश राणाले पनि उनको बहस रोक्नुपर्ने अवस्था आयो। 'समय धेरै गइसक्यो। अब टुङ्गाउन लाग्नुस्,' राणाले इजलासबाट भने। राणाको भनाई बेवास्ता गर्दै बहसमा अघि बढिरहे उनी। फेरि पनि लामो समय लिएपछि प्रधानन्यायाधीश राणाले १५ मिनेट समय दिएकोमा ४० मिनेट नाघिसकेको भन्दै छिटो सक्न पुनः आग्रह गरे। उनले अटेर गरिरहे। बहस लम्ब्याइरहे। इजलासलाई नसुनेर आफ्नै लयमा लामो समय लिएर बहस टुंग्याए।

000 

उनीपछि बहसका लागि वरिष्ठ अधिवक्ता महेश नेपाल इजलासमा पुगे। उनले पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार संसदीय अभ्यासका आधारमा हुने जिकीर गरे। उनलाई पनि इजलासले समयबारे ध्यानाकर्षण गराएको थियो। 

यसपछि बहस गर्ने पालो पर्‍यो, अधिवक्ता चन्द्रप्रकाश रेग्मीको। प्रधानन्यायाधीश राणाले समयमा ध्यान दिन भनेका थिए। निर्धारितभन्दा धेरै समय लिएपछि प्रधानन्यायाधीश राणाले 'बस्नूस्' भन्नु परेको थियो। 

बहस गर्न अधिवक्ता मुना लामिछाने र वरिष्ठ अधिवक्ता रवि नारायण खनाल पनि पुगेका थिए। खनालले प्रधानमन्त्रीलाई जनताको निर्णयअनुसार काम गर्न नदिइएकाले जनतामा जाने निर्णय गरेको र यो संविधानसम्मत भएको दावी गरे। उनले निर्धारित समयअघि नै बहस समाप्त गरे। 

अधिवक्ता अनन्तराज लुईंटेलले पनि सरकारको पक्षमा सोमबार बहस गरे। धारा ८५ ले प्रतिनिधि सभा १ देखि ६ वर्षसम्मको हुन सक्ने अनुमान गरेको दाबी गरेका उनले विघटन गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा हुने सरकारी पक्षको पुरानो तर्क प्रस्तुत गरिरहे। विगतमा भएका चार वटा विघटनका फैसलामा पनि यही व्याख्या गरिएको उनको दाबी थियो। उनले प्रधानमन्त्रीलाई विघटनसम्म पुर्‍याउन जुँगाको लडाइले काम गरेको दाबी गरे। 

उनीपछि वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले विघटनको प्रतिरक्षा गरे। निवेदकले असम्बन्धितलाई पनि विपक्षी बनाएको भन्दै प्रश्न उठाएका थिए। संविधानको धारा ७६ को उपधारा (१) अनुसार गठन भएको सरकारले प्रतिनिधि सभा विघटन गर्न नसक्ने कल्पना गर्ने हो भने कसले गर्ने त भन्ने प्रश्न उठ्ने तर्क उनले अघि सारे। बहुमतको प्रधानमन्त्रीले आफूलाई काम गर्न नदिइएको, चुच्चे नक्सा निकालेको तर प्रतिनिधि सभा अनुसार किताब छाप्न नदिएको र एमसिसी पास गर्न नसकेकोले विघटन गरेको दाबी गरे। 

सरकारको अतिप्रशंसा गर्न थालेपछि न्यायाधीश सिन्हाले प्रश्न गरे- सरकारले यो यो काम गरेको छ भनी बिहान एक जना अधिवक्ताले लामो सूची नै पेस गर्नुभयो। अनि अहिले काम गर्नै नदिएकाले विघटन गर्नुपरेको भनी बहस गर्नुभएको छ। यो कुरा परस्परामा बाझिएन र?  

जवाफमा उनले सोचे जति  काम गर्न सरकारले नपाएको तर्क गरे। ‘घरमा हात्ती पालेको छ। बोकालाई पालेझैँ घाँस हालेर हुँदैन भन्दै उनले विघटन सदर हुनुपर्ने तर्क गरे। उनीपछि बहसका लागि वरिष्ठ अधिवक्ता विश्वमणि अधिकारी, अधिवक्ता लोकनाथ खरेल, मुकुन्द अधिकारी र शान्ति खनालले बहस गरेका थिए। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीशको मृत्यु भएकाले मंगलबार बहस नहुने भएको छ। यो मुद्दा अब बुधबारका लागि 'हेर्दाहेर्दै'मा राखिएको छ। बुधबार पनि प्रधानमन्त्रीका तर्फका कानुन व्यवसायीले प्रतिरक्षा बहस गर्नेछन्। उनीहरूपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस हुनेछ। एमिकस क्युरीका सदस्यले राय पेस गर्ने काम पनि बाँकी छ भने निवेदकहरूले जवाफ दिएपछि मुद्दामाथि फैसला आउन सक्ने देखिन्छ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा माघ ४ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको हो। माघ २६ सम्म आइपुग्दा निवेदक, सरकारी वकिल र प्रधानमन्त्रीका तर्फका आधा कानुन व्यवसायीले बहस सकेका छन्। 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो। उक्त निर्णय विरुद्ध पुस ६ गते र ९ गते १३ थान रिट निवेदन दायर भएका थिए। नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका केही नेताहरू विघटनविरुद्ध सर्वोच्चमा पुगेका थिए। 

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  २०:३२
  • #सर्वोच्च
  • #प्रतिनिधिसभाविघटन
  • #संवैधानिकइजलास

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्