काठमाडौं- सामसङले एस-२१ सिरिजका मोबाइल फोन नेपाल भित्र्याएको छ। उत्कृष्ट टपलाइन प्रविधियुक्त यो सिरिजका मोबाइलको आइकोनिक डिजाइन भएको सामसङका मोबाइल नेपाल भित्र्याइएको नेपालका लागि सामसङ आधिकारिक बिक्रेता आइएमएसले जनाएको छ।
सामसङले नेपालमा यो सिरिजका ग्यालेक्सी एस२१ अल्ट्रा, ग्यालेक्सी२१ र ग्यालेक्सी २१ प्लस स्मार्टफोन बिक्री सुरु गरेको जनाएको छ।
प्रो ग्रेड क्यामरा सिस्टम तथा ब्राइटेस्ट, इन्टलिजेन्ट डिस्प्लेलगायत विभिन्न सुविधाले रहेको कम्पनीले जनाएको छ।
'साामसङ एस२१ सिरिजको प्रि-बुकिङ भएको उल्लेखनीय सहभागीता एवं प्रतिक्रियाबाट वास्तवमै हामीलाई अझै उत्साहित बनाएको छ,' सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए।
यो सिरिजका मोबाइलमा ट्रिपल–लेन्स प्रो–ग्रेड क्यामेरा ३०X जुमको सुविधा छ। १०८ एमपी प्रोसेर १२ बिट एचडिआर फोटो तथा ३ गुणा वाइडर डाइनामिक रेन्जमा फोटो खिच्न सक्दछ। फाइभ-जी कनेक्सन तथा अन डिभाइस एआइलाई सपोर्ट गर्दछ। फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज सहजै गर्न सकिने कम्पनीको दाबी छ।
यी सिरिजका मोबाइल शून्य प्रतिशत किस्तामा समेत उपलब्ध भएको आइएमएसले जानकारी दिएको छ। कम्तिमा रु. ९२०० को १२ किस्तामा फोन उपलब्ध गराइने कम्पनीले जनाएको छ।
ग्यालेक्सी एस२१ अल्ट्राको मूल्य १ लाख ५४ हजार ९९९ तोकिएको छ। त्यस्तै ग्यालेक्सी एस२१ प्लसको मूल्य १ लाख २९ हजार ९९९ रूपैयाँ पर्नेछ। एस२१ को मूल्य भने १ लाख ९ हजार ९९९ रूपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।