काठमाडौं- चालु आर्थिक वर्षको पुसमा मूल्यवृद्धि ३.५६ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको पुसमा मूल्यवृद्धि ६.८२ प्रतिशत रहेको थियो।
यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९९ प्रतिशत छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्यवृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशत रहेको छ।
पुसमा काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मूल्यवृद्धि रहेको छ।
२०७६ पुसमा यी क्षेत्रहरुमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मूल्यवृद्धि रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।