काठमाडौं- आइतबार करिब साढे १० अर्ब रुपैयाँ बराबरको ऐतिहासिक कारोबार गरेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले सोमबार पनि उकालो यात्रा कायमै राखेको छ। सोमबार परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा कायम भएको हो।
सोमबार २०५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार कित्ता सेयर ८८ हजार ३ सय ८३ पटक खरिद बिक्री हुँदा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार ५ समूहको उपसूचक घटेको छ भने ७ समूहको उपसूचक बढेको छ। व्यापार समूह, जलविद्युत समूह, निर्जीवन बिमा समूह, उत्पादन समूह र लघुवित्त क्रमशः ३.९६, १९.७३, १३१.९२, ७४.८९ र ३१.४२ अंकले घटेको छ। उपसूचक बढ्नेमा भने सबैभन्दा धेरै जीवन बिमा समूह २११.३७ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह ६२.७२, होटल समूह २८.८६, विकास बैंक समूह ८६.४२, वित्त समूह २२ं६८ र अन्य समूह ९.६९ अंकले बढेको छ।
सोमबार कारोबार रकम र खरिदबिक्री भएका सेयर संख्याको आधारमा प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ। बैंकको १२ लाख ५५ हजार कित्ता सेयरको खरिदबिक्रीबाट ५८ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सेचन्जले जनाएको छ।
त्यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९२ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ६.७८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।