• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

भागरथी हत्या घटना : 'लिडिङ प्वाइन्ट' खोज्दै प्रहरी

64x64
नारायण अधिकारी आइतबार, माघ २५, २०७७  २०:४०
1140x725

काठमाडौं- बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट हत्या घटनाको अनुसन्धान प्रगतिउन्मुख भएको प्रहरीले जनाएको छ। बिहीबारदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले अनुसन्धानका पाटा साँघुरिदै गएको जनाएको छ।

घटनास्थलबाट किशोरी भट्टको मोबाइल भेटिनुलाई प्रहरीले धेरै ठूलो उपलब्धिको रूपमा लिएको छ। मोबाइलबाट अभियुक्तसम्म जोडिनसक्ने संकेत फेला पर्न सक्ने प्रहरीको विश्वास छ। यसको प्राविधिक पाटोबारेमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ। सिआइबीका डिआइजी सहकुल थापाले अनुसन्धानमा जिल्लाको टोलीलाई सिआइबीको टोलीले टेक्निकल पाटोमा सहयोग गरिरहेको बताएका छन्।

सिआइबीमार्फत् टेक्निकल पाटो केलाइएको छ भने स्थानीय प्रहरीले पनि 'म्यानुअल्ली' घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्मको अनुसन्धान प्रगतिबारे नेपाल लाइभसँग कुरा गर्दै सुदूरपश्चिम प्रदेशका निमित्त प्रवक्ता एसएसपी मुकेश सिंहले भने, ‘अनुसन्धान प्रगतिउन्मुख छ। अहिलेसम्म लिडिङ प्वाइन्ट भने फेला पर्न सकेको छैन।’

अनुसन्धानको दायरा साँधुरो हुँदै गएपनि 'लिडिङ प्वाइन्ट' नभेटिएकाले अनुसन्धानले केही समय लिनसक्ने प्रहरीले जनाएको छ। 

शिक्षकदेखि किशोरीका साथीसम्म सोधपुछ
हत्या घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो २ बजेसम्म उनीसँगै भएका साथीदेखि शिक्षकसम्म सोधपुछ गरेको छ। भट्टसँगै घर फर्कनेबेला सैलुनमा कपाल काट्न छिरेका भनिएका भागरथीका केटा साथी, उनी पढ्ने विद्यालयका शिक्षकसँग सोधपुछ गरिएको सुदूरपश्चिम प्रदेशका निमित्त प्रवक्ता एसएसपी मुकेश सिंहले नेपाल लाइभलाई जानकारी लिए। 

यो पनि पढ्नुहोस्

भागरथी बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न प्रचण्ड-माधवको मागशनिबार, माघ २४, २०७७

घटना भएको स्थानको बाटो ओहोरदोहोर गर्ने व्यक्ति, विभिन्न केसमा यसअघि थुनामा परी छुटेका व्यक्ति, आपराधिक पृष्टभूमिका व्यक्ति, घटना भएको दिनदेखि त्यस ठाउँबाट हराएका छ/छैनन् जस्ता विषय अहिले प्रहरीले मिहिन ढंगले केलाइरहेको छ। 

विद्यालयबाट निस्किएपछि भागरथीसँगै कसैको भेट भएको थियो कि थिएन? उनलाई अन्तिम पटक देख्नेमान्छे को हो? कहाँसम्म उनी सकुशल थिइन्? जस्ता विषय अहिले अनुसन्धानको घेरामा छन्। 

‘परिचितबाटै हुन सक्छन् हत्या’ 
भागरथीको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। कम्मरभन्दा मुनिका कपडा च्यातिनु र अर्धनग्न अवस्थामा शव फेला पर्नु, वरपरको झाडी मडारिनुजस्ता कारणले उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरी आशंका छ। यद्यपि पोस्टमार्टम रिपोर्ट आइनसकेकाले बलात्कार नै हो भन्ने पुष्टि भएको छैन। बलात्कारपछि हत्या भएको भन्ने पोस्टमार्टम रिपोर्ट आएको अवस्थामा भट्टको हत्यामा संलग्न व्यक्ति परिचित हुनसक्ने प्रहरी आँकलन छ। 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

भागरथी हत्यामा संलग्नलाई राज्यबाट संरक्षण नहोस् : विवेकशील साझाआइतबार, माघ २५, २०७७

लामो समयदेखि जघन्य अपराधको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले विश्लेषण सुनाए, ‘बलात्कारपछि हत्या भएको छ भने परिचित व्यक्तिबाटै हत्या भएको हुनसक्छ। परिचित व्यक्ति भएकैले बलात्कारको पोल खुल्ने डरले हत्याका घटना हुन्छन्। बलात्कारपछि हत्या जोडिएको घटनामा त्यो पाटोबाट अनुसन्धान हुन जरुरी छ।’

अनुसन्धानमा उच्च संवेदनशिलता
१७ वर्षीया किशोरी भट्टको शव भेटिएको जानकारी पाउनसाथ प्रहरी हाई सेन्सेटिभ (उच्च संवेदनशील) भएर खटिएको छ। शवका भेटिएको जानकारी पाउनासाथ स्थानीय प्रहरीले 'क्राइम सिन'लाई 'कर्डन' गर्ने काम गरेको थियो।

यो पनि पढ्नुहोस्

भागरथी हत्या घटनाको अनुसन्धानमा लापरबाही नगर्न कांग्रेस महिला विभागको चेतावनीआइतबार, माघ २५, २०७७

खोचलेक प्रहरी चौकीले 'क्राइन सिन'लाई सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय बैतडीलाई खबर गरेपछि जिल्लाका डिएसपीसहितको टोलीले घटनास्थलमा खटिएको थियो। बैतडीका प्रमुख जिल्ला अधिकारी, सरकारी वकिल र डाक्टरसहितको टोली सुरुमै घटनास्थल पुगेर घटनास्थल अवलोकन गरेका थिए। 

'क्राइम सिन' सुरक्षित राख्ने बेला प्रहरी लापरबाही भएको भन्दै विगतमा हुने गरेका आलोचनाबाट पाठ सिक्दै यो घटनामा प्रहरी उच्च संवेदनशील बन्दै अनुसन्धानमा खटिएको छ। ‘हामी सुरुदेखि नै हाई सेनसेटिभ भएर खटिएका छौं सिडिओसापदेखि, डाक्टर सरकारी वकिसम्मको टोलीले 'क्राइम सिन' अवलोकन गरेको छ’ सुदूरपश्चिम प्रदेशका निमित्त प्रवक्ता एसएसपी मुकेश सिंहले भने।

विशेषज्ञसहित 'क्राइम सिन'मा पुगेको टोलीले घटनास्थलबाट विभिन्न सबुद प्रमाण संकलन गरेको थियो। जुन प्रमाणबाट अभियुक्तसम्म पुग्न सकिने प्रहरीले विश्वास लिएको छ। 

यो पनि पढ्नुहोस्

भागरथी हत्या घटना : मोबाइलबाट खुल्ला त अपराधको गुत्थी?शनिबार, माघ २४, २०७७

गत बुधबार दोगडाकेदार-३ स्थित सनातन धर्म मावि खोचलेक गएकी भट्ट घर फर्किनन्। बिहीबार उनको शव लवलेक जंगलस्थित खोचलेक–गिरेगडा सडकबाट करिब ३० मिटर तल वनमारा झाडीमा भेटिएको थियो। कपडा च्यातिएको अवस्थामा, शरीरका विभिन्न ठाउँमा चोट र निलडाम, रगत टाटाहरु लागेको अवस्थामा शव भेटिएको थियो। 

विद्यार्थीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बिभत्स हत्या भएपछि बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकासहित अनुसन्धानमा जुटेको प्रहरी अहिलेसम्म हत्यारासम्म पुग्न सकेको छैन। उता भट्टाका आफन्तले हत्यारालाई पक्राउ नगरेसम्म आफूहरूले शव नबुझ्ने बताएका छन्। 

विभिन्न संघसंस्था, राजनीतिक दलहरूले कञ्चनपुरकी बालिका निर्मला पन्तको जस्तो घटना नहोस् भन्दै दबाब दिइरहेका छन्। २०७५ साउन १० गते साथीको घर पढ्न जान्छु भनेर गएकी पन्त भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन्। उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

यो पनि पढ्नुहोस्

भागरथीको हत्यारालाई कारबाही गर्न नेविसंघको माग  आइतबार, माघ २५, २०७७

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  २०:४०
  • ##हत्या
  • #भागरथी
  • #भागरथी_हत्या_घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्