• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भागरथी हत्या घटना : मोबाइलबाट खुल्ला त अपराधको गुत्थी?

64x64
नारायण अधिकारी शनिबार, माघ २४, २०७७  १७:५१
1140x725

काठमाडौं- च्यातिएको अवस्थामा कपडा। शरीरका विभिन्न ठाउँमा चोट र निलडाम। सँगै स्कुले ब्याग। भुईँ र शरीरका विभिन्न ठाउँमा रगतका टाटा। बैतडीको लवलेक जंगलस्थित खोचलेक–गिरेगडा सडकबाट करिब ३० मिटर तलको झाडीमा गत बिहीबार दिउँसो एक किशोरीको शव स्कुले विद्यार्थीले देखे।

‘विभित्स शव देखेपछि विद्यार्थी आत्तिएछन्। स्थानीयलाई खबर भयो। हामीले प्रहरीलाई खबर गर्‍यौं’ दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले नेपाल लाइभलाई सुनाए, ‘मृत फेला परेकी किशोरी अघिल्लो दिन हराएकी भागरथी भन्ने थाहा भयो।’

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट सधैझैं गत बुधबार पनि विद्यालय गइन्। उनी दोगडाकेदार–३ स्थित् सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत थिइन्। उनको घरबाट विद्यालय पुग्न करिब १ घण्टाको पैदल दूरी हिँड्नुपर्छ। त्यसमा करिब २० मिनेट जंगलको बाटो हिँड्नुपर्छ।

बुधबार २ बजे स्कुल सकिएपछि उनी घर फर्किइन्। ‘केही वर आएपछि कपाल काट्न भनेर उनका केटा साथी सैलुन छिरेछन्। त्यसपछि उनी एक्लै घरतर्फ लागिछिन्। तर, उनी घर पुगिनन्। भोलिपल्ट शव भेटियो’ अध्यक्ष कार्कीले भने।

बुधबार साँझसम्म भागरथी घर नफर्किपछि उनको खोजी सुरु भएको थियो। मोबाइलमा सम्पर्क पनि हुन नसकेको र मान्छे पनि नभेटिएपछि परिवार र स्थानीयले नजिकैको खोचलेक प्रहरी चौकीमा खबर गरेका थिए। बधुबार रातरभमा पनि उनको अवस्थाबारे केही थाहा भएन। बिहीबार दिउँसो लवलेक जंगलमा उनको शव विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

स्थानीय प्रहरीले घटनास्थल कर्डन गरेर सुरक्षित गर्‍यो। त्यसपछि जिल्लाका डिएसपी, सिडिओ, सरकारी वकिल, डाक्टरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको सुदूरपश्चिम प्रहरी प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मुकेश सिंहले बताए।

मोबाइल बन्न सक्छ क्लु
किशोरीको शव भेटिएकै ठाउँबाट प्रहरीले उनको मोबाइल समेत फेला पारेको छ। उनको मोबाइल हत्यारासम्म पुग्ने महत्वपूर्ण क्लु हुनसक्ने प्रहरीले विश्वास लिएको छ। मोबाइलमा हुनसक्ने विभिन्न पाटाहरू केलाउन केन्द्रीय अनुन्धान ब्यूरो (सिआइबी)का डिएसपीको नेतृत्वमा एक टोली समेत बैतडी पुगिसकेको छ। उक्त टोलीले प्राविधिक पाटोबारे स्थानीय प्रहरीलाई सहयोग गर्नेछ।

यो पनि पढ्नुहोस्

भागरथी बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न प्रचण्ड-माधवको मागशनिबार, माघ २४, २०७७

मोबाइलमा हुनसक्ने विभिन्न भिडियो, फोटो, भागरथीको मोबाइलबाट डायल भएका कलहरूको विवरण, उनको मोबाइलमा रिसिभ भएका कलहरूको विवरण समेत केलाएर अनुसन्धान गर्दा नयाँ क्लु फेला पर्न सक्ने प्रहरीले आकलन गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मोबाइलमा भएका प्रमाणहरू डिलेट पनि भएको हुनसक्ने भएकाले मोबाइल फरेन्सिक जाँचका लागि काठामाडौं समेत पठाइने प्रवक्ता सिंहले बताए। ‘केही सबुद प्रमाणहरू फेला परेका छन्। ती सबुदहरूबाट अभियुक्तसम्म पुग्न सकिने हामीले विश्वास लिएका छौं। यी सबुदलाई थप जाँचका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ’ एसएसपी सिंहले भने।

आशंका बलात्कारपछि हत्याको, पुष्टि हुन बाँकी
शरीका विभिन्न भागमा घाउ चोट लाग्नु, कपडा च्यातिनु, शरीरका भित्रि अंगमा समेत रगत देखिनुजस्ता कारणले भागरथीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। यद्यपि, पोष्टमार्टम रिपोर्ट नआइ केही पनि भन्न नमिल्ने बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले बताए।

‘शवको प्रकृति हेर्दा बलात्कार पछि हत्या जस्तो देखिए पनि पोष्मार्टम रिपोर्ट नआइ केही भन्न मिल्दैन’ डिएसपी अधिकारीले भने, ‘त्यसपछि अनुसन्धान कता मोडिने भन्ने प्रष्ट हुुन्छ।’ बलात्कार लुकाउन हत्या गरिएको हुनसक्ने स्थानीयको आशंका छ। 

तालिमप्राप्त कुकुरपछि सिआइबी र प्रदेशको टोली बैतडीमा 
घटना भएको जानकारी पाउनसाथ नेपाल प्रहरीका तालिमप्राप्त कुकुर लगेर अनुसन्धान सुरु गरिएको थियो। धनगढीबाट बिहीबारै तालिमप्राप्त कुकुर लगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। त्यसपछि घटनाको अनुसन्धानका लागि प्रदेशका एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली बनाएर बैतडी पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी जनकराज पाण्डेको नेतृत्वको टोली घटनास्थल पुगिसकेको प्रवक्ता सिंहले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देशैभरका जधन्य ठूला अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको सिआइबीबाट पनि डिएसपीको नेतृत्वमा एक टोली घटनास्थल पुगिसकेको छ। प्रदेश अन्तर्गतकै विभिन्न युनिटमा रही इन्टेलिजेन्समा काम गरेका प्रहरी अधिकारीलाई पनि अनुसन्धानका विभिन्न पाटाहरूको अध्ययनका लागि खटाइएको छ।

भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै शनिबार काठमाडौंमा नेकपाको प्रचण्ड–माधव पक्षीय विद्यार्थीले गरेको प्रदर्शन। 

अपराधीलाई कानूनी दायरामा ल्याउन माग
भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको दायारमा ल्याउन भन्दै प्रदर्शन समेत भएको छ। शुक्रबार मात्रै बैतडी सदरमुकाममा विद्यार्थी, सर्वसाधारण, राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले प्रदर्शन गरेका थिए। सोक्रममा महाकाली राजमार्ग समेत ४ घण्टासम्म अवरुद्ध भएको थियो।

छिटो अनुसन्धान गरी हत्यारालाई सार्वजनिक गरिनुपर्ने उनीहरूको माग छ। त्यसैगरी शनिबार काठमाडौंस्थित् माइतीघरमा नेकपाको प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले समेत घटनाको विरोध गर्दै हत्यारालाई छिटो पक्राउ गरी सार्वजनिक गरिनुपर्ने माग राख्दै प्रर्दशन गरेको थियो। प्रचण्ड र माधवकुमार नेपालले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै विज्ञप्ति पनि निकालेका छन्। 

उता सोही गाउँपालिकाका अध्यक्ष कार्कीले समेत एक विज्ञप्ति जारी गरी विभित्स हत्या गर्नेलाई तुरुन्त पक्राउ गरी हदैसम्मको कारबाही गरिनुपर्ने माग राखेका छन्। हत्याको विरोधमा शुक्रबार उक्त गाउँपालिकाका सबै विद्यालहरूमा सार्वजनिक विदा समेत दिइएको थियो।

भागरथीकै भरमा थियो परिवार
मृत किशोरीको परिवारको आर्थिक अवस्था कमजोर छ। उनका बाबु कृष्णानन्दले आर्थिक अभावका कारण राम्रोसँग उपचार समेत नपाई दुई महिनाअघि मृत्युवरण गरेका थिए।  ५२ वर्षीय कृष्णानन्दको करिब २ महिना अघि मधुमेहका कारण ज्यान गएको थियो।

बाबुको सहारामा जेनतेन चलेको भागरथीको परिवारमा त्यसपछि भने झन् दु:खका दिन सुरु भए। भागरथीकी आमा अहिले पनि पति शोकमै छिन्। त्यसपछि भागरथीकै भरमा परिवार चल्नुपर्ने अवस्था आयो। ‘छ न त उनका एक दाइ पनि छन्। उनी भारततिरै भएकाले घरको सबै जिम्मा भागरथीकै काँधमा आएको थियो’ गाउँपालिका अध्यक्ष कार्की भन्छन्, ‘खेतिपाती गरेर जसोतसो चलिरहेको परिवारमा अहिले फेरि अर्को शोक पर्‍यो।’

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १७:५१
  • #हत्या
  • #भागरथी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्