• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भागरथी हत्या घटना : मोबाइलबाट खुल्ला त अपराधको गुत्थी?

64x64
नारायण अधिकारी शनिबार, माघ २४, २०७७  १७:५१
1140x725

काठमाडौं- च्यातिएको अवस्थामा कपडा। शरीरका विभिन्न ठाउँमा चोट र निलडाम। सँगै स्कुले ब्याग। भुईँ र शरीरका विभिन्न ठाउँमा रगतका टाटा। बैतडीको लवलेक जंगलस्थित खोचलेक–गिरेगडा सडकबाट करिब ३० मिटर तलको झाडीमा गत बिहीबार दिउँसो एक किशोरीको शव स्कुले विद्यार्थीले देखे।

‘विभित्स शव देखेपछि विद्यार्थी आत्तिएछन्। स्थानीयलाई खबर भयो। हामीले प्रहरीलाई खबर गर्‍यौं’ दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले नेपाल लाइभलाई सुनाए, ‘मृत फेला परेकी किशोरी अघिल्लो दिन हराएकी भागरथी भन्ने थाहा भयो।’

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट सधैझैं गत बुधबार पनि विद्यालय गइन्। उनी दोगडाकेदार–३ स्थित् सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत थिइन्। उनको घरबाट विद्यालय पुग्न करिब १ घण्टाको पैदल दूरी हिँड्नुपर्छ। त्यसमा करिब २० मिनेट जंगलको बाटो हिँड्नुपर्छ।

बुधबार २ बजे स्कुल सकिएपछि उनी घर फर्किइन्। ‘केही वर आएपछि कपाल काट्न भनेर उनका केटा साथी सैलुन छिरेछन्। त्यसपछि उनी एक्लै घरतर्फ लागिछिन्। तर, उनी घर पुगिनन्। भोलिपल्ट शव भेटियो’ अध्यक्ष कार्कीले भने।

बुधबार साँझसम्म भागरथी घर नफर्किपछि उनको खोजी सुरु भएको थियो। मोबाइलमा सम्पर्क पनि हुन नसकेको र मान्छे पनि नभेटिएपछि परिवार र स्थानीयले नजिकैको खोचलेक प्रहरी चौकीमा खबर गरेका थिए। बधुबार रातरभमा पनि उनको अवस्थाबारे केही थाहा भएन। बिहीबार दिउँसो लवलेक जंगलमा उनको शव विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

स्थानीय प्रहरीले घटनास्थल कर्डन गरेर सुरक्षित गर्‍यो। त्यसपछि जिल्लाका डिएसपी, सिडिओ, सरकारी वकिल, डाक्टरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको सुदूरपश्चिम प्रहरी प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मुकेश सिंहले बताए।

मोबाइल बन्न सक्छ क्लु
किशोरीको शव भेटिएकै ठाउँबाट प्रहरीले उनको मोबाइल समेत फेला पारेको छ। उनको मोबाइल हत्यारासम्म पुग्ने महत्वपूर्ण क्लु हुनसक्ने प्रहरीले विश्वास लिएको छ। मोबाइलमा हुनसक्ने विभिन्न पाटाहरू केलाउन केन्द्रीय अनुन्धान ब्यूरो (सिआइबी)का डिएसपीको नेतृत्वमा एक टोली समेत बैतडी पुगिसकेको छ। उक्त टोलीले प्राविधिक पाटोबारे स्थानीय प्रहरीलाई सहयोग गर्नेछ।

यो पनि पढ्नुहोस्

भागरथी बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न प्रचण्ड-माधवको मागशनिबार, माघ २४, २०७७

मोबाइलमा हुनसक्ने विभिन्न भिडियो, फोटो, भागरथीको मोबाइलबाट डायल भएका कलहरूको विवरण, उनको मोबाइलमा रिसिभ भएका कलहरूको विवरण समेत केलाएर अनुसन्धान गर्दा नयाँ क्लु फेला पर्न सक्ने प्रहरीले आकलन गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मोबाइलमा भएका प्रमाणहरू डिलेट पनि भएको हुनसक्ने भएकाले मोबाइल फरेन्सिक जाँचका लागि काठामाडौं समेत पठाइने प्रवक्ता सिंहले बताए। ‘केही सबुद प्रमाणहरू फेला परेका छन्। ती सबुदहरूबाट अभियुक्तसम्म पुग्न सकिने हामीले विश्वास लिएका छौं। यी सबुदलाई थप जाँचका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ’ एसएसपी सिंहले भने।

आशंका बलात्कारपछि हत्याको, पुष्टि हुन बाँकी
शरीका विभिन्न भागमा घाउ चोट लाग्नु, कपडा च्यातिनु, शरीरका भित्रि अंगमा समेत रगत देखिनुजस्ता कारणले भागरथीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। यद्यपि, पोष्टमार्टम रिपोर्ट नआइ केही पनि भन्न नमिल्ने बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले बताए।

‘शवको प्रकृति हेर्दा बलात्कार पछि हत्या जस्तो देखिए पनि पोष्मार्टम रिपोर्ट नआइ केही भन्न मिल्दैन’ डिएसपी अधिकारीले भने, ‘त्यसपछि अनुसन्धान कता मोडिने भन्ने प्रष्ट हुुन्छ।’ बलात्कार लुकाउन हत्या गरिएको हुनसक्ने स्थानीयको आशंका छ। 

तालिमप्राप्त कुकुरपछि सिआइबी र प्रदेशको टोली बैतडीमा 
घटना भएको जानकारी पाउनसाथ नेपाल प्रहरीका तालिमप्राप्त कुकुर लगेर अनुसन्धान सुरु गरिएको थियो। धनगढीबाट बिहीबारै तालिमप्राप्त कुकुर लगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। त्यसपछि घटनाको अनुसन्धानका लागि प्रदेशका एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली बनाएर बैतडी पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी जनकराज पाण्डेको नेतृत्वको टोली घटनास्थल पुगिसकेको प्रवक्ता सिंहले बताए।

Xtrem

Xtrem

देशैभरका जधन्य ठूला अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको सिआइबीबाट पनि डिएसपीको नेतृत्वमा एक टोली घटनास्थल पुगिसकेको छ। प्रदेश अन्तर्गतकै विभिन्न युनिटमा रही इन्टेलिजेन्समा काम गरेका प्रहरी अधिकारीलाई पनि अनुसन्धानका विभिन्न पाटाहरूको अध्ययनका लागि खटाइएको छ।

भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै शनिबार काठमाडौंमा नेकपाको प्रचण्ड–माधव पक्षीय विद्यार्थीले गरेको प्रदर्शन। 

अपराधीलाई कानूनी दायरामा ल्याउन माग
भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको दायारमा ल्याउन भन्दै प्रदर्शन समेत भएको छ। शुक्रबार मात्रै बैतडी सदरमुकाममा विद्यार्थी, सर्वसाधारण, राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले प्रदर्शन गरेका थिए। सोक्रममा महाकाली राजमार्ग समेत ४ घण्टासम्म अवरुद्ध भएको थियो।

छिटो अनुसन्धान गरी हत्यारालाई सार्वजनिक गरिनुपर्ने उनीहरूको माग छ। त्यसैगरी शनिबार काठमाडौंस्थित् माइतीघरमा नेकपाको प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले समेत घटनाको विरोध गर्दै हत्यारालाई छिटो पक्राउ गरी सार्वजनिक गरिनुपर्ने माग राख्दै प्रर्दशन गरेको थियो। प्रचण्ड र माधवकुमार नेपालले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै विज्ञप्ति पनि निकालेका छन्। 

उता सोही गाउँपालिकाका अध्यक्ष कार्कीले समेत एक विज्ञप्ति जारी गरी विभित्स हत्या गर्नेलाई तुरुन्त पक्राउ गरी हदैसम्मको कारबाही गरिनुपर्ने माग राखेका छन्। हत्याको विरोधमा शुक्रबार उक्त गाउँपालिकाका सबै विद्यालहरूमा सार्वजनिक विदा समेत दिइएको थियो।

भागरथीकै भरमा थियो परिवार
मृत किशोरीको परिवारको आर्थिक अवस्था कमजोर छ। उनका बाबु कृष्णानन्दले आर्थिक अभावका कारण राम्रोसँग उपचार समेत नपाई दुई महिनाअघि मृत्युवरण गरेका थिए।  ५२ वर्षीय कृष्णानन्दको करिब २ महिना अघि मधुमेहका कारण ज्यान गएको थियो।

बाबुको सहारामा जेनतेन चलेको भागरथीको परिवारमा त्यसपछि भने झन् दु:खका दिन सुरु भए। भागरथीकी आमा अहिले पनि पति शोकमै छिन्। त्यसपछि भागरथीकै भरमा परिवार चल्नुपर्ने अवस्था आयो। ‘छ न त उनका एक दाइ पनि छन्। उनी भारततिरै भएकाले घरको सबै जिम्मा भागरथीकै काँधमा आएको थियो’ गाउँपालिका अध्यक्ष कार्की भन्छन्, ‘खेतिपाती गरेर जसोतसो चलिरहेको परिवारमा अहिले फेरि अर्को शोक पर्‍यो।’

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १७:५१
  • #हत्या
  • #भागरथी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। सोमबार, असोज १९, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्