काठमाडौं- सरकारी वकिललाई न्यायाधीशले छोटो इतिहासमा चारपटक संसद विघटन भएको अन्तर्राष्ट्रिय नजिरको प्रश्न गरेका छन्।
न्यायाधीश अनिलकुमार सिन्हाले विगतमा ४/४ पटक संसद विघटन भएको उल्लेख गर्दै सरकारी बहसकर्ता सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई प्रश्न गरेका हुन्।
इजलासमा पुडासैनीसँग जिज्ञासा राख्दै न्यायाधीश सिन्हाले भने, ‘यति छोटो समयमा ४/४ पटक संसद विघटन भएको उदाहरण संसारमा कहीँ छ?’
छोटो अवधिमा विश्वमा संसद विघटनको उदाहरण खोज्दै न्यायाधीश सिन्हाले नेपालको जस्तै गरी विघटन भएको भए जवाफको माग गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।