काठमाडौं- नेपाली कांग्रेसका शुभेच्छुक संस्थाले आज (शनिबार) देशभर विरोध प्रर्दशन गर्ने भएका छन्। पार्टी केन्द्रीय समितिले गरेको निर्णयअनुसार प्रतिनिधि सभा विघटनविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गरिने भएको हो।
नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले शनिबार विरोध प्रर्दशन गर्ने भएका छन्। शनिबार दिउँसो १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गरिने कांग्रेसले जनाएको छ। काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिने बताइएको छ।
सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध सतहत्तरै जिल्लाबाट प्रतिरोधमा उत्रन कांग्रेसले आह्वान गरेको छ। विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसका शुभेच्छुक संस्थाहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।