• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारी पक्षको दाबी : संविधानमा नलेखिएपनि प्रधानमन्त्रीले विघटन गर्न मिल्छ 

64x64
दुर्गा दुलाल शुक्रबार, माघ २३, २०७७  २२:३३
1140x725

काठमाडौँ- प्रतिनिधि सभा विघटनको बचाउमा सरकारी पक्षले नयाँ नयाँ दाबी भित्र्याउन थालेका छन्। सर्वोच्च अदालतमा दर्ता भएको निवेदनमाथि १८औँ दिनको बहस सकिँदासम्म सरकारी पक्षले संविधानमा नलेखिएपनि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न मिल्ने बहस गर्न थालेका हुन्। 

प्रतिनिधि सभा विघटनको बचाउमा शुक्रबार सरकारी पक्षका दुई सहन्यायाधिवक्तालगायतले बहस गरे। सञ्जीवराज रेग्मी र खेमराज ज्ञवालीको बहसमा संविधानमा नलेखिएको भएपनि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न मिल्ने तर्क पेस गरेका थिए। 

शुक्रबार बहस सुरु गर्दै रेग्मीले २०४७ सालको संविधानको धारा ३६ को उपधारा (१) को प्रधानमन्त्रीलाई धारा ५३(४) अनुसार विघटन गर्ने अधिकार रहेको भन्दै अहिले स्पष्ट नभएपछि त्यस्तो अधिकार स्वतः प्रधानमन्त्री हुने दाबी गरेका थिए। 

मनमोहन अधिकारी र शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले गरेको विघटनको मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलाको व्याख्या गर्दै उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार हुने दाबी गरेका थिए। बहुमत प्राप्त प्रधानमन्त्रीले आफ्नो कुनै महत्वपूर्ण नीति, योजना वा कार्यक्रम प्रतिनिधि सभाबाट अस्वीकृत भएमा जनतासँग नयाँ कार्यादेश माग्न विघटन गर्न सक्ने व्याख्या अदालतले गरेको दाबी उनको छ। प्रतिनिधि सभा विघटन गर्नु संसदीय परम्परा नै भएको उनको दाबी थियो। 

‘संविधानसम्मत तरिकाबाटै संविधान संशोधन गराउने प्रयास गर्नु वा त्यसको लागि प्रतिनिधि सभा विघटन गराएर निर्वाचन गराउन खोज्नु असंवैधानिक हुँदैन,’ उनले इजलासमा भने, ‘प्रतिनिधि सभाले असहयोग गरेमा मात्र नभई असहयोग नगरेको अवस्थामा पनि विघटन असंवैधानिक नहुने व्याख्या चित्र बहादुर केसीको मुद्दामा व्याख्या भएको छ।’ 

उनको बहस सुनेको इजलासले प्रश्न गर्‍यो, 'अहिले नीति तथा कार्यक्रम वा अन्य त्यस्तो सहयोग लिने अवस्था थियो त?' उनको उत्तर थियो- वैकल्पिक सरकार बन्ने सम्भावना नभएकोले विघटन भएको हो। राजनीतिक अन्योलको समाधान खोज्न प्रधानमन्त्रीलेले विघटन गर्न सक्छन्।'

सरकारी पक्षले घुमाउरो रुपमा संविधानमा नै नलेखिएको अधिकार पनि प्रधानमन्त्रीलाई हुने दाबी गरेका थिए। 

'विघटनको कुरा हिजो संविधानमा थियो। आज त झिकियो। अनि कसरी मिल्छ त?’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न गरे। रेग्मीले विघटनका आधार दिने प्रयास गरेका थिए। ‘विघटन सँगै निर्वाचनको मिति तोकिनु अनिवार्य हुन्छ। त्यो भएको छ। वैशाख १७ र २७ का लागि,’ रेग्मीले भनेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

रेग्मीले प्रतिनिधि सभा अन्य कारणबाट पनि विघटन हुन सक्ने ती कारण राजनीतिक हुने दावी गरे। राजनीतिक विषयमा अदालतले परीक्षण गर्नसक्ने अवस्था नहुने दाबी उनको थियो। 

रेग्मीपछि बहसका लागि अर्का सहन्यायाधिवक्ता लोकराज  पराजुली आए। उनले प्रतिनिधि सभा विघटनको विरोध सबै सांसदहरूले नगरेको दाबी गरे। उनले प्रतिनिधि सभा विघटनको कुरामा पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको नजिर पेश गर्दै समय उल्लेख गरे। 

पराजुलीपछि बहसका लागि अर्का सहन्यायाधिवक्ता खेमराज ज्ञवाली आए। उनले राष्ट्रपतिको भूमिका र उनीमाथि उठेका प्रश्नहरुमा जवाफ दिएका थिए। धारा ८५ को व्यवस्थाले प्रधानमन्त्रीलाई विघटनको अधिकारले प्रदान गरेको उनको दाबी थियो। यो धारा कार्यकारीले प्रयोग गर्ने उनको दाबी थियो। 

संविधानको साझा सूचीमा नरहेको अधिकार संघीय सरकारले प्रयोग हुन पाउने र त्यो अधिकार प्रधानमन्त्रीलाई भएको दाबी पेस गरे। उनले घुमाउरो रुपमा संविधानमा नै नलेखिएको अधिकार पनि प्रधानमन्त्रीलाई हुने दाबी गरेका थिए। 

उनको यो बहसलगत्तै न्यायाधीशहरुले त्यो कसरी हुन सक्छ? प्रदेश अधिकारसँग कसरी प्रधानमन्त्रीको विघटन सम्बन्धित छ भनी प्रश्न सोधेका थिए। न्यायाधीश सपना प्रधान मल्लले पनि अधिकारको कुरा गर्दा शक्ति सन्तुलन र विघटन गर्ने अधिकारबारे व्याख्या माग गरिन्। 

एकपछि अर्को प्रश्न इजलासबाट आएपछि धारा ८५, ७४ र ७६ (७) ले संघको अधिकारको रुपमा प्रधानमन्त्रीले प्रयोग गर्न पाउने भन्न खोजेको र यही आधारमा विघटन गरेको दावी गरे। उनले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिस  परामर्श नगरी पनि अनुमोदन गर्न सक्ने दावी गरे। मन्त्रिपरिषद वा प्रधानमन्त्रीको  सिफारिस राष्ट्रपतिलाई रोक्ने अधिकार नभएको उनको दाबी थियो। 

संविधानले राष्ट्रपतिलाई संविधानको पालना र संरक्षण गर्ने भनेकाले यसभन्दा बाहिर राष्ट्रपति जान नमिल्ने उनको दाबी थियो। राष्ट्रपतिलाई संविधानका केही धाराले बाँधेको भन्दै उनले  विघटनको विषयमा प्रधानमन्त्रीको सिफारिसलाई सल्लाह गरेपनि स्वीकार गर्नुबाहेक विकल्प नभएको दाबी गरेका थिए। 

उनको बहस समाप्त भए लगत्तै इजलासबाट प्रधान न्यायाधीश राणाले अबको बहसका लागि समय निर्धारण हुने जानकारी गराए। लगातार सुनुवाइ भइरहेको उक्त मुद्दामा अझै प्रधानमन्त्री ओलीका नीजि कानुन व्यवसायी, सभामुख र एमिकस क्युरीले बहस गर्न बाँकी छ। उनीहरुको बहसपछि निवेदकहरुले जवाफ दिनेछन्। यो प्रक्रिया समाप्त भएपछि मुद्दा फैसलाको चरणमा जानेछ। यो सबै प्रक्रिया पूरा हुँदा फागुन महिनाको पहिलो साता जाने सम्भावना देखिन्छ। 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  २२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्