काठमाडौं- लहान र चितवनका २ मोटरसाइकल वर्कसप 'म्याक सर्भ'मा स्तरोन्नति भएका छन्। टाटाका सवारीका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले म्याक सर्भ योजना ल्याएको हो।
म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन्। वर्कसपमा ग्राहकले कुनै पनि ब्रान्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने छन्।
फेब्रुअरी १५ सम्म यी वर्कसपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टमा १५ प्रतिशत, लेबर चार्जमा २० प्रतिशत र अन्य पार्टस् १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको सिप्रदीले जनाएको छ।
भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड ल्युब्रिकेन्टसका कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी सिप्रदी ट्रेडिङका डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थितिमा लहानको शंकर एंड ब्रदर्स आटो पार्ट्स र प्रदेश ३ को नारायणगढको चितवन बाईक सर्भिस सेन्टरलाई म्याक सर्भमा स्तरोन्नति गरिएको हो।
हालसम्म काठमाडौँ, पोखरा, लहान र चितवनमा म्याक सर्भको स्तरोन्नति भइसकेको छ भने कोहलपुर, भक्तपुर र इटहरीमा पनि छिट्टै सुरु गरिने सिप्रदीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।