काठमाडौं- आइएमई ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा)को कार्यालय भवन निर्माण गर्न डेढ लाख सहयोग गरेको छ। ट्राभल्सले २५औँ वार्षिकोत्सवको अवसरमा १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक नाट्टालाई हस्तान्तरण गरेको हो।
बिहीवार आयोजित एक कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थित थिए।
आइएमई ग्रुप अध्यक्ष ढकालले पर्यटन विकासमा जुट्न आग्रह गरेका थिए। आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले पर्यटन विकासका लागि आइएमई ग्रुपको भूमिकाबारे उल्लेख गरेका थिए।
ट्राभल्स ओमानको बजेट क्यारिअर सलाम एयरलाइन्सलको जिएसए हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।