काठमाडौं- नेपाल टेलिकमले ७० प्रतिशत जनतासम्म सेवा पुर्याएको बताएको छ। १८औँ वर्ष प्रवेशका अवसरामा आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले करिब ७० प्रतिशत जनतासम्म कम्पनीका कुनै न कुनै सेवा पुगेको बताएका हुन्।
'कम्पनीका ग्राहक २ करोड ९ लाख नाघिसकेको छ। यसको अर्थ, हाल मुलुकको करिब ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ,' प्रबन्ध निर्देशक अधिकारीले उल्लेख गरे।
हाल कम्पनीले ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका ग्राहक दिनदिनै बढिरहेको बताइएको छ।
कम्पनीले आधारभूत टेलिफोन, ताररहित जिएसएम मोबाइल, अति दुर्गम विकट स्थानहरुमा स्याटेलाइट प्रविधिमा आधारित भिस्याट टेलिफोन सेवा, इन्टरनेट/डाटा सेवालगायतका सेवा प्रदान गर्दै आएको छ।
प्रबन्ध निर्देशकको सम्बोधन (पूर्णपाठ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।