काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षीय नेता कृष्णगोपाल श्रेष्ठले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै सक्कली कम्युनिस्ट पार्टी रहेको बताएका छन्। ओली समूहले आज नारायणहिटी अगाडि गरेको सभाका अध्यक्ष समेत रहेका श्रेष्ठले नक्कली कम्युनिष्ट जति सबै बाहिरिएको बताए।
प्रचण्ड–माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै उनले भने, ‘उनीहरू मयुरका प्वाँख लगाएका कागहरू हुन्। हरेक पहेँला धातु सुन हुँदैनन्। सुन हो की पित्तल थाहा पाउन व्यवहार हेर्नुपर्छ। सक्कली सुन पित्तलहरू हामी हौं।’
उनले वास्तविक हिराहरू आफू नै भएको दाबी गरे। नक्कली सिसाका टुक्राहरू फुटेर गएको आरोप लगाए। ‘वास्तविक हिराहरू हामी हौं। आज नारायणहिटी अगाडि छौं। जनता न्यायाधीश हुन्। हामी तपाइँहरूलाई बयान दिइरहेका छौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।