काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गरेका अपराधको एक-एक हिसाबकिताब इतिहासले लिने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले ओलीसँग कोही पनि नतर्सिने बताए।
'केपी ओली, चेतना भया। तपाईंसँग कोही तर्सिनेवाला छैनन्। तपाईंको धम्कीबाट कोही मैदान छाडेर भाग्नेवाला छैनन्', उनले भने। उनले रिङरोडमा आर्मीको प्रदर्शन गरिएको भन्दै त्यसबाट कोही पनि आतंकित नहुने बताए।
अध्यक्ष नेपालले आफूहरूको आन्दोलनमा पुलिसले ज्यादती गरेको भन्दै निन्दा गरे पनि गरे। नेपालले ओली पक्षलाई चोइटिएर गएको समूह भएको बताए। 'त्यसले नेकपाको आधिकारिता ग्रहण गर्न सक्दैन', उनले भने। उनले अहिलेको लडाइँ व्यक्ति-व्यक्तिको नभएर नीतिको भएको दाेहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।