काठमाडौं- नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्री अभिनित फिल्म 'कृष्णलीला'ले फिल्म प्रदर्शनका लागि नयाँ वर्ष रोजेको छ। फिल्म चैत्र २७ गतेदेखि प्रर्दशन हुने निर्माण टोलीले बताएको छ।
लकडाउनमै ४० दिन लगाएर फिल्मको छायांकन गरेको टोलीले प्रर्दशनको मिति घोषणा गरेको हो।
दीपक ओलीको निर्देशनमा तयार भएको फिल्मले नयाँ वर्षमा के गर्ने भन्ने योजना बनाइरहेका दर्शकलाई हलसम्म तान्ने निर्माण पक्षको अपेक्षा रहेको छ।
प्रस्तुतकर्ता रोहित कट्टेलले कृष्णलीला नयाँ वर्षको कोसेली भएको बताएका छन्। आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश कार्की र केवल तामाङको लगानी छ।
फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मीलगायतको अभिनय छ। लक्ष्मण सुवेदीले लेखेको फिल्मलाई शिव ढकाल र बाबु श्रेष्ठले छायांकन गरेका हुन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।