काठमाडौं- समसामयिक र राजनीतिक विषयमा चासो देखाउने कलाकार दीपकराज गिरीले बिहीबार नेकपाको प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालप्रति आक्रोश व्यस्त गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै वर्तमान राजनीतिक किचलो र बन्दप्रति आक्रोश व्यक्त गरेका हुन्।
‘प्रचण्ड समूहको आमहड्ताल रे, ओली समूहको शक्ति प्रर्दशन रे’, गिरीले लेखेका छन्, ‘जनताले गरी खा भनेर सत्तामा पठाएका, फेरि जनतालाई दुःख दिन घुमिफिरी सडकमै आए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।