काठमाडौं- काठमाडौंको गोंगबुमा अज्ञात समूहले बिहीबार बिहान ट्याक्सीमा आगजनी गरेका छन्। बिहानै आएको एक समूहले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी महशाखाका वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।
बिहीबार बिहान प्रदेश ३.०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको सिंहले जानकारी दिए। उक्त ट्याक्सी पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले जनाए।
ट्याक्सीमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।