काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले माघ २३ गते (बिहीबार) काठमाडौंमा गर्न लागेको शक्ति प्रर्दशनमा उपत्यका बाहिरबाट जसरी पनि मान्छे आउने वातावरण बनाउन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ।
नेकपाकै पुष्पकमल दाहाल (प्रचण्ड)-माधवकुमार नेपाल पक्षले बिहीबार आमहड्तालको घोषणा गरेलगत्तै गृहमन्त्री रामबहादुर थापा 'बादल'ले सुरक्षा निकायलाई यस्तो निर्देशन दिएका हुन्।
मन्त्री बादलले सुरक्षा निकायलाई आफ्नै कार्यकक्षमा बोलाएर दिएको निर्देशन उद्धृत गर्दै स्रोतले नेपाल लाइभसँग भन्यो, ‘भोलि उपत्यकामा ठूलो संख्यामा मान्छे भित्रिँदै छन्। उनीहरूलाई जसरी पनि सहज रूपमा काठमाडौं आउने वातावरण बनाउनुस्।’
सोहीअनुसार प्रहरी प्रधान कार्यालयले महानरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीलाई सुरक्षा रणनीति बनाएर काम गर्न निर्देशन समेत दिइसकेको छ।
नेकपाको एक पक्षले आमहड्ताल घोषणा गर्ने र अर्को पक्षले जसरी पनि मान्छे काठमाडौंमा उतार्ने घोषणा गरेसँगै मुठभेड हुनसक्ने विश्लेषण गर्दै मेट्रोले तयारी समेत थालिसकेको मेट्रोका एआइजी हरि पालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।