प्रतिकात्मक तस्बिर।
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले भोलि, बिहीबार देशव्यापी आमहड्ताल गर्ने तयारी गरेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले बिहीबार आमहड्ताल गर्ने तयारी गरेको हो। यसैका लागि दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयका एक नेताले बताए।
संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड–माधव पक्ष थप आक्रोशित बनेको छ।
यो समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ‘विशाल सभा’ गर्ने तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।