फाइल तस्बिर
काठमाडौं- विभिन्न संवैधानिक निकायमा सिफारिस पदाधिकारीहरुको सपथ बुधबार बिहान ९ बजे हुने भएको छ। विवादित भए पनि सपथ गराउन लागिएको हो।
आफूलाई सपथ ग्रहणका लागि बिहान ९ बजेका लागि बोलाइएको सिफारिसमा परेका एक सदस्यले जानकारी दिए।
मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न निकायमा ३८ जनाको सिफारिस गरेको थियो।
सपथ ग्रहण समारोह राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ। आयोगका अध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ खुवाउने छन्। त्यस्तै, सदस्यलाई भने सोही आयोगका अध्यक्षले सपथ गराउनेछन्।
सोही दिन अध्यादेश जारी गरी नियुक्तिका लागि सिफारिस गरिएको र संसद्को सुनुवाइ समितिबाट सुनुवाइ पनि नभएकाले यो प्रक्रिया विवादमा आएको थियो। तर सुनुवाइ बिना नै सपथ खुवाइन लागेको हो।
केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले सिफारिस फिर्ता गरिदिएका थिए।
३८ जनाको सिफारिस गरिएको भए पनि सबै जनाले सपथ ग्रहण गर्ने छैनन्। कतिपयले त्यतिबेलै पद अस्वीकार गरेका थिए।
यी हुन् सिफारिस भएका व्यक्तिहरुः
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१) जुद्ध गुरुङ, पर्वत
२) अमरराज मिश्र, काठमाडौं
निर्वाचन आयोग
१) रामप्रसाद भण्डारी, रामेछाप
२) जानकी तुलाधर, लमजुङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१) प्रेमकुमार राई, संखुवासभा
२) जयबहादुर चन्द, बैतडी
३) किशोरकुमार सिलवाल, काठमाडौं
थारू आयोग
१) विकास चौधरी, दाङ
२) बबिता चौधरी, बारा
३) सुबोधसिंह थारू, बाँके
४) भोलाराम चौधरी, सुनसरी
आदिवासी जनजाति आयोग
१) रामबहादुर थापा, उदयपुर
२) मीन श्रीसमगर, गुल्मी
३) मेन्चुङ लामा, नुवाकोट
४) रिना राना, स्याङ्जा
५) शरण राई, उदयपुर
मधेसी आयोग
१) जीवच्छ साह, सिराहा
२) रेणुदेवी साह, सप्तरी
३) विजय गुप्ता, बाँके
राष्ट्रिय महिला आयोग
१) कमलाकुमारी पराजुली, काठमाडौं
२) कृष्णकुमारी पौडेल ‘खतिवडा’, काठमाडौं
३) विद्याकुमारी सिन्हा, सर्लाही
राष्ट्रिय समावेशी आयोग
१) मानप्रसाद खत्री, बझाङ
२) रामकृष्ण तिमल्सिना, कास्की
३) रामचन्द्र जोशी, कैलाली
४) हरिदत्त जोशी, बैतडी
राष्ट्रिय मानव अधिकार आयोग
१) तपबहादुर मगर, ललितपुर
२) मनोज दुवाडी, काठमाडौं
३) सूर्य ढुंगेल, महोत्तरी
४) लीला बस्नेत थापा, काठमाडौं
५) मिहिर ठाकुर, सप्तरी
राष्ट्रिय दलित आयोग
१) देवराज विक, दाङ
२) मीना सोव, कैलाली
३) परशुराम रम्तेल, गोरखा
४) टुन्ज बराइली, झापा
५) मेहेल पार्की, हुम्ला
मुस्लिम आयोग
१) मोहमुद्दिन अली, काठमाडौं
२) मिर्जा अरसद वेग, कपिलवस्तु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।