• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचन आयोगमा बुझाएको पत्रमा ओलीमाथि प्रचण्ड-नेपालका ८ आरोप

64x64
नेपाल लाइभ मंगलबार, माघ २०, २०७७  २२:५६
1140x725

काठमाडौं- नेकपाको प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिताका लागि निर्वाचन आयोगमा बुझाएको १९बुँदे दाबीपत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ८ वटा आरोप लगाएको छ।

सोमबारको केन्द्रीय कमिटीको निर्णय अनुसार पार्टी आधिकारिताको माग गर्दै निर्वाचन आयोगमा मंगलबार बुझाइएको पत्रमा विगतमा गरिएका निर्णय, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधान विपरीतका कार्यहरु उल्लेख गरिएको छ। पत्रमा नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाइएको विवरणसहित उनीमाथि ८ वटा बुँदामा आरोप लगाइएको विवरण पनि उल्लेख छ।

'प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन भई सञ्चालन गर्न थालेपछि पार्टीको विधान, घोषणापत्र, सहमित र पार्टीको मार्गनिर्देशन अनुसार संविधानसम्मत ढंगले सञ्चालन गर्ने मान्यता विपरित स्वेच्छाचारी ढंगबाट सरकार सञ्चालन गर्न थाल्नुभयो,' पत्रमा उल्लेख छ, 'मूलत: उहाँमा पार्टीले ग्रहण गरेको राजनीतिक विचारधारा, पार्टीको अन्तरिम विधान, नियमावली तथा एकताका सम्बन्धमा भएका सम्झौता तथा सहमतिका विरुद्द अनुशासनहीन, गैरजिम्मेवारी र गैर राजनीतिक प्रवृत्तिहरु देखाउन थाल्नुभयो।'

यस्ता छन् ८ बुँदे आरोप
१. पार्टीको केन्द्रीय कमिटी, स्थाई कमिटी, सचिवालय, तथा संसदीय दललाई बेवास्ता गरी सरकारलाई आफु खुशी स्वेच्छाचारी ढंगले सञ्चालन गर्न थाल्नुभयो। सरकार प्रधानमन्त्री निवास बालुवाटारमा सीमित हुन पुग्यो। 

२. सरकारका वार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट तर्जुमा गर्दा पार्टीका आधिकारिक निकायमा छलफल गर्नु भएन । पार्टीको अनुशासनलाई लोकतान्त्रिक विधिलाई बेवास्ता गरी पार्टी केन्द्रीय कमिटी र संसदीय दललाई समेत बेवास्ता गर्नुभयो। 

nimb
nimb
Ncell 2
Ncell 2

३. पार्टी कमिटीका बैठकहरु आयोजना गर्न इन्कार गर्ने, बैठकमा उपस्थित नहुने र जसोतसो बैठकमा उपस्थित भइहालेमा पनि बैठकलाई असहयोग गर्ने र पार्टी कमिटीलाई क्रियाशील हुन नदिने जस्ता कार्य गर्नुभयो। 

४. पार्टी बैठकमा दम्भ र निरंकुश प्रवृत्ति प्रकट गर्नुभयो । 

५. कोभिड-१९ महामारीका सन्दर्भमा नागरिक सुरक्षा प्रत्याभूति गर्न पार्टीका तर्फबाट दिएका सुझावलाई लत्याउँदै आम जनतामा पार्टीप्रति वितृष्णा र निराशा उत्पन्न गर्ने अवस्था सिर्जना गर्नुभयो। 

६. उपरोक्त लगायत अन्य थुप्रै पार्टी विरोधी अराजक र स्वेच्छाचारी शैली अबलम्बन गर्दै अनुशासनहीन गतिविधि गर्ने क्रममा उहाँले मिति २०७७।०१।०८ मा संवैधानिक परिषद सम्बन्धी ऐन र र राजनीतिक दल सम्बन्धी ऐन २०७३ का विरुद्ध अध्यादेश जारी गरी पार्टी फुटाउने प्रयास गर्नुभयो र मिति २०७७।०८।३० मा संवैधानिक परिषदमा विवादास्पद नियुक्ति गर्ने दुषित मनसाय सहित अध्यादेश जारी गर्ने र पार्टीलाई पुर्ण बेवास्ता गर्दै एकलौटी विधान विपरित र संविधानको मूल भावना विपरित कार्य गर्नुभयो।

७. उपरोक्त विविध गैर संवैधानिक, गैर कानूनी, विधान विपरित तथा पार्टी एकताको मर्म विपरीत कार्य गर्दा समेत पार्टी सचिवालय तथा स्थायी कमिटीको बैठक बसी समस्याहरु समाधान गर्ने तथा सरकारलाई निरन्तर सञ्चालन गर्ने कार्यमा पार्टीबाट वहाँलाई निरन्तर सल्लाह दिने, सहयोग गर्ने कार्य गर्दै आलोपालो गरी सरकार संचालन गर्ने सहमतिलाई पनि छोडी पाँच वर्ष पूरै कार्यकाल सरकार सञ्चालन गर्न दिने निर्णय गरियो। उहाँलाई संसदीय दलको नेताबाट हटाउन वा पार्टीको अध्यक्ष बाट हटाउन नसकिने अवस्था थिएन । तर सरकारको स्थायित्व तथा पार्टी एकतालाई कायम राख्नुपर्ने जिम्मेवारीलाई बोध गरी त्यस्तो कदम चालिएन । तर पार्टीको यस सदासयतालाई उहाँले कमजोरी मात्र ठान्नु भएन, बरु पार्टीलाई ध्वस्त पार्ने रणनीति र षडयन्त्र गर्न थाल्नुभयो।

८. पार्टीसँग कुनै परामर्श नगरी अप्रत्याशित रुपमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मिति २०७७।०९।०५ गतेका दिन संविधानमा हुँदै नभएको व्यवस्था र अधिकार प्रयोग गर्दै, प्रतिनिधिसभा विघटन गरी प्रतिगामी कदम चालेर संविधान र लोकतन्त्रको हत्या गर्न उद्दत हुनुभयो र पार्टीलाई नै ध्वस्त पार्ने गैर लोकतान्त्रिक एवम् अराजक प्रवृत्ति प्रकट गर्नुभयो । यो कार्य घोर अनुशासनहीन, अलोकतान्त्रिक एवम् पार्टी विरोधी स्वेच्छाचारी कार्य हो ।

यो पनि पढ्नुहोस्

यस्तो छ आधिकारिताको माग गर्दै प्रचण्ड-माधव समूहले बुझाएको १९ पृष्ठको दाबीपत्रमंगलबार, माघ २०, २०७७

 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक बस्दै साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्