काठमाडौं- प्रतिनिधि सभा विघटनको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको बृहत् नागरिक आन्दोलनले फागुन ७ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
मंगलबार गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानी हत्या गरिएको स्थान शोभाभगवतीमा आयोजित कार्यक्रममा आन्दोलनका एकजना अगुवा नारायण वाग्लेले घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन्।
'टुँडिखेलको काँडेतार हटाएर त्यस ठाउँमा उभिएर नागरिक सभा गर्ने हाम्रो हक छ। त्यही नागरिक सभामा हाम्रो नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गर्नेछौं। त्यसपछि नयाँ आन्दोलनको उभार निम्त्याउने छौं', वाग्लेले भने।
वाग्लेले शासकहरुले कुन गलत रवैयाहरु लिए, कुन गलत काम गरे, कुन गतल नीति लिए भनेर एकएक हिसाब माग्नको लागि अब आफूहरुले फागुन ७ गते टुँडिखेलामा भेला हुनुपरेको बताए। 'टुँडिखेलामा भेला भएर पहिलो बृहत् नागरिक भेलाले ७० वर्ष देखिको एकएक हिसाब माग्नुपर्ने भएको छ', उनले भने।
बृहत् नागरिक आन्दोलनको कार्यक्रमले तीव्रता पाउँदै गएपछि सरोकारवालाहरुले विभिन्न प्रश्न उठाएका छन्। खासगरी नागरिक आन्दोलनको मार्गचित्रको माग हुने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।