काठमाडौं- एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफन्तसँग कुरा गर्न पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत ‘लोकल दर’मा नै भारत कल गर्न पाइने गरी दैनिक र तीन दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याक ल्याएको छ।
यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ।
दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित रु. २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइ वा व्यापार व्यवसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्नेछन्। दैनिक प्याक सक्रिय भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ। यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले *१७११८* ७*१# डायल गर्न सक्छन्।
विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ। तीन दिनको समयसीमा रहेको यो भ्वाइस प्याक ग्राहकले करसहित रु. १४ मा खरिद गर्न सक्छन् र रु १.९९ प्रति मिनेट (करसहित रु २.५४ प्रति मिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन्।
भ्वाइस प्याकबिना भारत कल गर्दा विद्यमान शुल्क रु २.९९ प्रतिमिनेट (करसहित रु ३.८२ प्रतिमिनेट) रहेको छ। प्रिपेड ग्राहकले *१७११८*७*२# डायल गरी यो भ्वाइस प्याक सजिलै सक्रिय गर्न सक्नेछन्।
ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ। भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वा व्यापार व्यवसायसँग सम्बन्धित समकक्षीसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।