काठमाडौं- बेलाबखत विवादमा आइरहने नायिका सुस्मा कार्की यो पटक भने आफैँ प्रहरीमा पुगेकी छन्। उनले दरबारमार्गमा रहेको लन्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलका अनुसार नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र उत्सव रसाइलीको नाममा नायिका कार्कीले उजुरी हालेकी हुन्। यी दुईले आफूमाथि कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएको पौडेलको भनाइ छ।
नेपाल लाइभसँग डिएसपी पौडेलले भने, ‘सुस्मा कार्कीले उजुरी दिनु भएको छ। यसबारे बुझ्न दुवै पक्षलाई छलफलमा बोलाएका छौं। छलफलपछि के हो भन्ने वास्तविकता आउला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।