काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेकपा जितें भन्ने पार्नका लागि लडिरहेको टिप्पणी गरेका छन्। आफू पक्षीय खेलकुद क्षेत्रका व्यक्तिहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उनले खेलसँग राजनीति जोडेका हुन्।
उनले प्रचण्ड–नेपाल पक्षले जित र हारलाई इगोको विषय बनाएकोतर्फ संकेत गरे। जित्नका लागि नभइ जितेजस्तो पार्न उनीहरू लडिरहेको ओलीले तर्क गरे।
‘संसद् भंग भइसक्यो, चुनाव आइसक्यो। केही चुनाव हुनुहुँदैन भनेर कराइराख्या छन्। अर्थोक केहीका लागि होइन। जित्नका लागि होइन, मान्छेहरू (प्रचण्ड–माधव) जितें भन्ने पार्नका लागि हो।’
उनले जित्ने ठाउँ चुनाव भएको बताए। तर, प्रचण्ड-माधव पक्षलाई प्रतिनिधि सभा विघटन फिर्ता गर्न पाए जित हुन्थ्यो भन्ने लागेको उनको भनाइ थियो। उनले थपे, ‘चुनावमै जित्ने ठाउँ छ नि। कोही प्रतिनिधि सभा विघटन फिर्ता गर्न पाए जित हुन्थ्यो भनेर लागेका छन्।’
देशलाई हानी होस् कि नोक्सान होस् तर, उनीहरू जसरी पनि जित्ने भन्नेतर्फ लागेको ओलीको जिकिर थियो। उनले भने, ‘हारजितको ठूलो महत्व छ मनोवैज्ञानिक रूपमा पनि। त्यसैले मान्छेहरू जित्न सक्रिय छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।