फाइल तस्बिर।
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आग्रहमा संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ। प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा बहस जारी रहेकाले जबराले परिषद्को बैठक स्थगित गर्न आग्रह गरेका थिए।
भोलि, बुधबार साँझ ५ बजेलाई बोलाइएको बैठक प्रधानन्यायाधीश जबराको आग्रहमा स्थगित गरिएको बताइएको छ। परिषद्को अर्को बैठकको मिति भने तोकिएको छैन।
मंसिर ३० मा बसेको परिषद्को बैठकले रिक्त विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तको सिफारिस गरेको थियो। संवैधानिक परिषद्को कार्यविधि संशोधन गर्ने गरी अध्यादेश जारी गरेर नियुक्ति सिफारिस गरिएको थियो।
सभामुख र प्रतिपक्ष दलका नेता सहभागी नभएको बैठकले उक्त निर्णय गरेको थियो। सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता सहभागी नभएपनि तीन जनाले निर्णय गर्न सक्ने कार्यविधि बनाइएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानन्यायाधीश राणासहितको बैठकले संवैधानिक निकायमा पदपुर्तिको सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।